August 9, 2016

आजीवन जेल हाल्नुपर्ने नक्कली डाक्टर मोटो रकम लिएर रिहा-फेरी धन्दा सुरु गरे-यहि होजनपक्ष निर्णय?

आजीवन जेल हाल्नुपर्ने नक्कली डाक्टर मोटो रकम लिएर रिहा गरिएको खबर र तिनले फेरी आफ्नो ठगिको ज्यानमारा धन्दा सुरु गरेको समाचार केपी ढुंगानाले आजको कान्तिपुरमा लेखेका छन् ।  के यहि हो जनताको पक्षमा निर्णय ?  यी नक्कली डाक्टरलाइ सर्बस्व सहित फेरी कहिल्यै फर्किन बन्देज लगाउनु पर्ने कि नपर्ने ?
खबर जस्ताको तस्तै हेर्नुहोस् >>
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘अप्रेसन क्वाक’ अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो । दोस्रो चरणमा असारमा पक्राउ परेका ३७ चिकित्सकलाई भने काउन्सिलले अझै निलम्बन गरेको छैन । पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकारी वकिल कार्यालयको मागदाबी अस्वीकार गर्दै १२ वटा जिल्ला अदालतहरूले उनीहरूलाई धरौटीमा छाडेको थियो ।

प्रहरीले नक्कली चिकित्सकहरू पक्राउ परेकै जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धान फाइल पठाएपछि मुद्दा पनि सोही जिल्ला अदालतमा दर्ता गरिएको थियो । धरौटीमा छुट्नु सफाइ पाउनु नभए पनि काउन्सिलले निलम्बन नगरेको भन्दै उनीहरू काममा फर्किएको सूचना आएको ब्युरोका एक अधिकारीले बताए ।
News in detail go to the link below >>
http://bit.ly/2aHCO91

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More