August 1, 2016

धुम्रपान त्याग्ने उपयोगी उपाय जन्नुहोस र उपकारको लागि सेयर गर्नुहोस कसैको जीवनउपयोगी बन्न सक्छ

चुरोट, सुर्तीको लत बसेपछि छुटाउन सजिलो हुादैन । तर, दृढ इच्छाशक्ति भएमा र अठोट गरे संसारमा गर्न नसक्ने केही हुादैन पनि भनिन्छ । त्यसैले, चुरोट, सुर्तीको लतबाट मुक्ति लिने हो भने धुम्रपानले गर्ने खराबी र त्याग्दाका फाइदाबारे राम्रो जानकारी लिनुपर्छ । थप आठ सुझाब दिादै छन्, मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी :
धुम्रपान त्याग्छु भनेर पहिले मानसिक रूपले तयार हुनुपर्छ । चुरोट त्याग्ने दृढता र आत्मबल जुटाउनु सबैभन्दा महत्त्वपूर्ण कार्य हो ।

धुम्रपान नियमित गर्दा हुने हानि र यो छाडेपछि पाइने फाइदाबारे पूर्ण जानकारी लिनु आवश्यक हुन्छ । धुम्रपान त्यागेपछि फाइदा मिल्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।
आफ्नो कोठा, घर, अफिसमा धुम्रपानसँग सम्बन्धित चुरोट, सुर्ती, खैनी, एस्ट्रे, सलाई, लाइटर, हुक्कालगायत कुनै पनि चिज राख्नु हुँदैन ।
धुम्रपान त्याग्ने दिन पहिल्यै निश्चित गर्नुपर्छ– भोलिको दिन आफ्नो लागि सदा स्मरणीय रहने दिन होस्, आफ्नो प्रिय व्यक्तिसँग सम्बन्ध रहेको दिन होस् अथवा आफ्नो लागि महत्त्वपूर्ण मिति, तिथि होस् । यो दिन धुम्रपान त्याग्ने शुभ साइत होस् । त्यसपछिका दिनको कार्ययोजना पनि तय गर्नुपर्छ । धुम्रपान त्याग्ने एक दिन मात्र होइन, यो सदाका लागि हो, लामो योजना र प्रक्रिया हो भन्ने सोच्नुपर्छ ।
रक्सी र कफी नपिउने, किनभने यस्ता पेय पदार्थले धुम्रपान गर्ने इच्छा पैदा गराउँछ ।
आफूले सधैँ चुरोट किन्ने गरेको पसलतिर जानु हुँदैन । चुरोट, सुर्ती किन्नु हुँदैन र अरूसँग माग्नु पनि हुँदैन । आफूलाई कुनै नयाँ र मन पर्ने काममा व्यस्त राख्नुपर्दछ । फुर्सद भयो कि त्यही काम गर्नुपर्दछ ।
धुम्रपान त्यागेको तीन महिनासम्म कुनै पनि भोज–भतेर, चुरोट, रक्सी पिउने जमघटमा जानु हुँदैन ।
दैनिक योगासन, प्राणायाम र ध्यान गर्नुपर्छ । चुरोटको लत छुटाउन योग अभ्यास अत्यन्त प्रभावकारी हुन्छ । चुरोट छुटाउने ध्यान पद्धतिको विकास भइसकेको छ । सम्बन्धित विज्ञसँग यसको सूत्र हुन्छ । यो सिक्नु र दैनिक अभ्यास गर्नुपर्छ । यसबाट धुम्रपान छोड्दा उत्पन्न हुने शारीरिक र मानसिक पीडालाई नियन्त्रण गर्न सकिन्छ ।
धुम्रपान छोड्दा केही दिनमै तलतल लाग्ने, छटपटी हुने, शरीरमा अप्ठ्यारो अनुभव हुने हुन्छ । यो तलतल र छटपटीलाई कसरी मेटाउने भन्ने जानकारी हुनुपर्छ । सुर्तीको लत बसेकाले तलतल लागेका वेला पानी पिइराख्ने तथा फलफूल खाने गर्नुपर्छ । पानीको भााडो र फलफूल आफ्नै नजिक व्यवस्था गरिराख्नुपर्छ । ल्वाङ, सुकमेल या दालचिनी मुखमा राखेर खेलाउँदा पनि समाधान हुन्छ । धुम्रपान छुटाउन सहयोग पुग्ने औषधि (चक्की)को सेवन डाक्टरको सल्लाहमा गर्न सकिन्छ । प्राणायाम र ध्यान गर्नु फलदायी हुन्छ ।नयाँ पत्रिकामा खबर छ ।डिसीनेपाल बाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More