May 7, 2023

ब्यालट विद्रोह ७९ : बहुमत बिना सबै बिचारको संसदमा अग्निपरीक्षा

 भर्खरै सकिएको आम निर्वाचनको नतिजा आउने क्रममा छ। परिणामहरू आउँदै गर्दा दुवै गठबन्धनले आकलन गरेअनुसार सफलता हासिल गर्न नसकेको भने प्रष्ट भइसकेको छ। विकास र समृद्धिका लागि नेपाली जनताको एकपछि अर्को प्रयोग गर्दै आएका छन्।

यही क्रमको निरन्तरतासँगै गणतन्त्र

Financial exclusion

Poverty, illiteracy and lack of access to financial services are key barriers to promoting entrepreneurship in Nepal
Kenya has emerged as a leader in financial inclusion in Sub-Saharan Africa. In 2006, just before M-Pesa—the country’s mobile money transfer service—was launched, only 26.7 percent Kenyans had access to formal financial services (such as bank accounts and money transfers). By 2016, it rose to over 75 percent.

March 2, 2022

क्रिप्टोकरेन्सीको प्रभाव

 डा. जगन कार्की

सन् १९८० मा साइबर करेन्सी नामबाट सुरु भएर २००८ मा बिटकोइनका रूपमा जन्म भएपश्चात् क्रिप्टोकरेन्सीको नामकरण भएको पाइन्छ । ओपन सोर्स सफ्टवेयरका रूपमा विकास भएर माइनिङ गर्ने प्रोसेसबाट माइनरलाई पुरस्कारस्वरूप प्रदान गर्ने अवधारणाबाट सुरु भएको बिटकोइनको मूल्य समयसँगै अकासिँदै गएपछि च्याउझैँ अनेकौँ क्रिप्टोकरेन्सी बजारमा आएका छन् । सन् २०२२ को सुरुसम्ममा आठ हजार जति क्रिप्टोकरेन्सी बजारमा आएको पाइन्छ । यी सबैमध्ये केहीले उपयोगिता दिन सके चल्नेछन् । बाँकी हराएर जानेछन् । क्रिप्टो सुरुवातको उद्देश्य अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलरभन्दा चुस्त सुविधा दिनु मुख्य रहेको देखिन्छ । केहीले वित्तीय साधनका रूपमा र केहीले आर्थिक संसाधनको रूपमा विकास गर्न खोजेको पाइन्छ ।

बित्तिय प्रविधिको शहर केन्द्रित बिकासले मात्र बित्तिय समावेसिता सम्भव छैन



कोरोना महामारी संगै प्रविधिको प्रयोग विशेष गरेर व्यापार तथा  वित्तीय क्षेत्रमा अत्याधिक बढेको छ ।  यसै गरेर वित्तीय प्रविधिको विकाससंगै बैकिङ्ग तथा वित्तीय क्षेत्रमा पनि नयां आयाम थपिएको छ, पुरातन  वित्तीय साधनहरू विस्थापित भइ प्रविधिले  स्थान लिन थालेका छन् ।

August 24, 2021

समावेसिता र दीगो आर्थिक विकासको आधारस्तम्भ बन्न सक्छ वित्तीय प्रविधि

डा. जगन कार्की 

वित्तीय व्यवस्थालाई प्रविधि मैत्री बनाउने अवसर नेपाल जस्तो विकासोन्मुख देशलाई पुनः एकपटक कोरोना महामारीले लिएर आएको  छ । प्रविधि मैत्री वित्तीय व्यवस्था नेपालको अर्थतन्त्र सुधारको दीगो विकास, सुधार र बिश्व बजारसंग जोड्ने एक प्रमुख माध्यम बन्न सक्छ ।

राजनीतिक भ्रम समाप्तिको एक युग

 तत्कालिन बाइसे चौबिसे राज्यमा विभक्त नेपाल सन् १७६७ मा गोरखाका राजा पृथ्वी नारायण शाहले ठूलो देशको राजा बन्ने  महत्वाकांक्षाबाट थालनी भएको भौगोलिक एकीकरणसंगै शाह वंश  र नेपालको जग बसेको देखिन्छ  । सन् १८४६ मा एउटा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छाए । उनले नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवारिक शासनको जग बसाले  । यो  उनको चरम शक्तिशाली हुने व्यक्तिगत महत्वाकांक्षाबाट नै निर्देशित देखिन्छ ।

August 21, 2021

लोकतन्त्रको चीर हरण गर्न महामारीको प्रयोग

 -डा. जगन कार्की 

लोकतान्त्रिक र जनसमर्पित शासकहरुले  महामारी जस्ता संकटलाई  एक समर्पण, सेवा र मानवीय भाव प्रमाणित गर्ने अवसरको रुपमा प्रयोग गरेको देखिएको छ भने शक्तिका भोका अदूरदर्शी शासकहरुले लोकतन्त्रको गला घोट्ने अवसरको रूपमा प्रयोग गर्ने गरेका अध्ययनहरुले देखाएका छन्  । कोरोना, लक डाउन जस्ता प्रतिबंधलाई प्रयोग गरेर लोकतन्त्रका खोल ओढ़ेका तानासाहहरूले  प्रेस र प्रजातांत्रिक पद्धतिलाई नै अवरुद्ध गर्न प्रयोग गर्ने गरेका उदाहरण प्रशस्त देखिएका छन् ।

पार्टी, देश र आफैलाई उचाइमा पुर्‍याउने देउवाको अन्तिम अवसर

 करिब २ तिहाई जनमतको सरकार हाँक्ने सुनौलो अवसर पाएका निवर्तमान प्रम केपी ओली मृगौला फेरेर पाएको पुनर्जीवन संगै बाघको रूपमा फेरिए । आफ्ना सहकर्मी र  आफुलाई कुर्सीमा स्थापित गर्नेहरूलाई मान्छे नगन्ने मात्र हैन उनका पुत्ला बनाएर बजार घुमाउने, जय गान गाउने , भाड़ाका मानिस भेला गरेर 'बा' भनाउने कृत्रिम फुरक्याइको पछि दंग परेर तिनले जे भने त्यसको पछि लागे । ति भ्रस्ट मण्डलीले मौक़ामा फाइदा लिने सुरमा ओलीले नाकाबन्दी ताका कमाएको लोकप्रिय छवि १६ बर्षे जेलनेलको तपस्यालाई भस्म पारिदिए ।

August 3, 2021

चाहियो नागरिक चेतनामा क्रान्ति

 लामो संघर्ष र बलिदानबाट प्राप्त नयाँ संविधान र शान्ति प्रक्रियाले ल्याएको नयाँ संरचनाले पनि मुलुकमा अपेक्षाकृत विकास र सुशासन कायम हुन नसक्नुजेलनेल र कठिनाइबाट आएका नेताहरुद्वारा नै परिवर्तन  विरोधि गतिविधि हुनुले मुलुक फेरि एउटा गम्भीर द्वन्द्वमा फस्ने देखिएको छ । प्रख्यात राजनीतिशास्त्र करेन स्टेनरले २००५ मा लेखेको 'अथोरेटेरियन डाइनामिक'  नामको  पुस्तकमा समाजमा सुषुप्त रुपमा नै तानाशाही प्रवृत्तिको नेतृत्व लुकेर बसेको हुनेगरेको कारणले नै पश्चिमा विकसित देशहरुमा समेत यस्ता शासकहरु बेलाबखत देखा पर्ने गरेको उल्लेख गरेकी छन् ।  पश्चिमा विकसित देशहरुमा स्टेनरले गरेको अध्ययनमा ३३ प्रतिशत सहभागीले तानाशाही व्यवस्थाको पक्षमा रहेको खुलाएका थिए भने ३७ प्रतिशतले प्रजातान्त्रिक व्यवस्थाको पक्षमा रहेको बताएका थिए।  त्यस्तै २९  प्रतिशतले दुबैको बिचको व्यवस्था रहनु पर्ने विचार ब्यक्त गरेका थिए ।  

July 2, 2021

कोरोनाले सतहमा ल्याएको अनियमितता, विभेद र समानताको महामारी

 -डा. जगन कार्की

कोरोना कहरले दुनियाको अर्थतन्त्र, समाज र धेरै रीतिथितिमा नै उथलपुथल र आमूल परिवर्तन ल्याउने अवस्था रहेको छ।

June 3, 2021

फ्लोयडको हत्याको निन्दा गर्ने नेपाली मनहरुको पाखण्ड

 लन्डन-- कागजी कानुन घोषणा र उर्दी ले मात्र सामाजिक, संस्कृतिक कुरीतिहरु  समाप्त हुने भए हावाका बिजुली, चुच्चे रेल, जहाज़, कोहि भोकै मर्न नपर्ने विविध परिकल्पना पुरा हुने थिए।  अझ समाजवाद अनि गरिबी निवारण नि घोषणा बाट नै समाप्त हुने थिए  ।

November 14, 2020

तक्मा र पुष्पवृष्टिमा रमाइरहेका शासक र गणतन्त्र नेपालका भोका पेट


महामारीको बेला देशको अर्थतन्त्र चौपट अवस्थामा छ । ६ महिनाभन्दा बढी समयदेखि अवरुद्ध आर्थिक गतिविधिको झट्का लागेका उद्योगधन्दा, कल-कारखाना अधिकांश कोमामा गएका जस्ता देखिएका छन् । रोजगारी र दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरुको हालत चौपट छ ।

April 10, 2020

कोरोनासंग लड्ने बेलायतको अभ्यास, डाक्टर नर्स जति नै हरेक संघ संस्था र नागरिकहरु जिम्मेवार



जगन कार्की लण्डन

कोरोना  संकटका कारण संसारका अन्य मुलुक जस्तै बेलायतमा पनि दैनिक अवस्था नाजुक हुँदैछ, तर मृत्युको संख्या घट्ने संकेत देखिएको छ । लकडाउनमा घर भित्र बसेको पनि २ साता बढ़ी हुन लागेछ,  संक्रमण बढदो छ ।

अत्यावश्यक  समान किन्न बाहिर जान पाइन्छ, सुपरमार्केट अहिले सम्म खुल्लै छन् ।  सुपरमार्केटमा मान्छेको लिमिट अनुसार भित्र पस्न दिएका छन् ख़रीद र अत्यावस्यक सेवा केंद्रमा २-२ मिटरको दूरीमा लाइन कोरीएका छन् त्यहाँ उभेर पालो पर्खन पर्छ ।

छोडौं दैनिक मृत्युको हिसाब गर्न


प्रिय साथी ,
छोडौं अब दैनिक मृत्युको हिसाब गर्न
मृत्यु मात्र गनेर बस्ने हो भने
आखिर के नै अर्थ हुने थियो र जीवनको ?

सायद यो धर्तीमा
भय, त्रास र केवल भूतको मात्र राज हुने थियो।

मर्न त हाम्रो, दैनिक एक एक दिन मरी नै रहेको छ नि?

तर हाम्रो आदत
हरेक रात हाम्रो मरेको अघिल्लो दिनलाई भुलेर
बाँच्ने पछिल्लो दिनको हिसाब गर्दै
वर्षौं पछिका सपना सँगै
हाम्रा खुसीहरूलाई बचाएर राख्नमा छ!  

त्यसैले
जिन्दगी रहेसम्म
मडारिएका निराशाका बादलहरूलाई पन्छाइ
चाँदीका घेरातर्फ फर्केर
आशाका ज्योतिहरू बालिरहौं।

लकडाउन
परिस्थिति भए पनि यहाँ
जीवन र समय कहाँ हुन्छ र ?

रोकिनु या थुनिनु
जीवन र खुशीहरूको अन्त हैन
अमूल्य समय पनि हुन सक़्ला ।
जिन्दगीको दर्पणलाई फर्किएर हेर्ने
आफू र आफ्नालाई चिन्ने
बिग्रिएका बाटाहरू सपार्ने
प्रेम र सद्भावको भक्तिसँगै
जीवनको पुनर्ताजगी गर्ने

बाँच्नेहरू धेरै छन् यहाँ
यी अनमोल समयहरू व्यतीत गरौं न ?
प्रेम, सद्भाव र जीवनको हिसाब किताब गरेर  !

#लकडाउनसाहित्य, ३ अप्रिल, २०२०
कोरोना भाईरस महामारीले लण्डन लक डाउनको चौधौं दिन

सेतोपाटि अनलाइनमामा प्रकासित : https://www.setopati.com/literature/203155

February 12, 2020

आत्महत्या दुरुत्साहनमुखी अनौपचारिक बैंकिङ तथा वित्तीय प्रणाली


केही  साता अघि धदिङ्गमा  एक जोडी परिवार आफ्ना लालाबाला सहित त्रिशुली नदीमा  हेलिएको खबर सुनियो। पत्रपत्रिकामा आएका खबर अनुसार मिटर ब्याज तिर्न नसकेको कारण अन्य उपाय नपाएर सो  परिवारले सामूहिक  आत्महत्याको दर्दनाक बाटो रोजेको थियो।  काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा न. ४ का विनय लामिछाने र उनकी श्रीमती जमुना रेग्मी लामिछानेले दुई अबोध बालकहरूसहित नदीमा हेलिएर सामूहिक आत्महत्याको प्रयास गरे पनि विनय लामिछानेलाई प्रत्यक्षदर्शीले उद्धार गरे। उनकी श्रीमती जमुना मृत भेटिइन भने बालकहरुको अवस्था अज्ञात नै रहेको बताईएको छ।

August 1, 2019

बरु राजतन्त्र नै ठीक ?


प्रम केपी ओली र प्रचण्डको औसधि उपचारको लागि विदेश भ्रमणको संघारमा मित्र नारायण गाउलेलेल राजतन्त्र फ्याकेर ल्याएको गणतन्त्र गतिलो भएन भन्ने आसय संगै राजतन्त्र जतिको पनि देखिएन भन्ने धारणा राख्नु भएका स्टाटस भाइरल भए । कमेन्टमा धेरैले राजतन्त्र ठीक राजा आउ देश बचाउ पनि भन्न भ्याए । एक आम चेतनसिल सर्जकको ब्रम्हले देखेको कुरा बोल्नु लेख्नु प्रसंसाको बिषय छ ।

July 17, 2019

विकास र गरिबीको जाल

 जगन कार्की - Published on Nagariknews

विकासका पूर्वाधारहरु बनेसँगै गरिविको रेखामुनी  रहेका जनताहरु झन्-झन् गरिव हुँदै जाने अवस्थालाई गरिवीको दुस्चक्र अर्थात् गरिवी जाल भनिन्छ।  समाजशास्त्रीय दृष्टिकोण अनुसार गरिवी  जाल (Poverty Trap) विकास र पूँजीवादको चरम विकाससंगै देखापर्ने एउटा स्वनिर्मित अवस्था हो। यस अवस्थामा विकासका पूर्वाधारहरुको विकास जस्तै : बाटो-घाटो , बिजुली , संचार र शहरीकरणको विकाससंगै जनताहरुको अवस्था झन्-झन् दयनीय बन्दै जाने अर्थात्  अविकासको विकास सृजना हुने गर्दछ।

July 16, 2019

के हुन वैदेशिक लगानीका बाधक तत्त्व?

आइतबार, १० चैत २०७५, १३ : ४९ |  जगन कार्की-Published on-Nagariknews.com

सरकारले सन् २०१५ मा नेपालमा गएको भूकम्प पश्चात  प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको लगानी सम्मेलन आगामी २९ र ३० मार्चमा काठमाडौँमा हुँदैछ।  सन् १९९० मा लगानी सम्मेलन भए पश्चात बैदेशिक लगानी नीति नै बनाएर सुरुगरिएका पछिल्ला लगानी सम्मेलन दाताहरु आकर्षित गर्न  केहि हदसम्म सफल भएको बताईदै आएको पाइन्छ।

लागुऔषधको भन्दा सामाजिक सञ्जालको लत कडा


जगन कार्की

बेलायतसामाजिक सञ्जालको प्रयोग बढ्दो   समाजका अनुसन्धाताहरु सामाजिक सञ्जालको लत लागु औषधको भन्दा पनि खतरानाक भएको औल्याइ रहेका छन्  यद्यपी यसबाट जोगिने जोगाउने ठ्याक्कै उपाय छैन  न्यूनीकरणका केही उपायहरु भने आवश्य छन् 

बेलायतको नटिंघम ट्रेन्ट बिश्वबिध्यालयका प्रविधि सामाजिक व्यवहारमा आएको बदलाव अध्ययन गर्दै आएका जना मनोविश्लेषकहरुले व्यक्ति सामाजिक सञ्जालको लतमा फसेको कि छैन भन्ने जान्न निम्न प्रश्नहरुको विकास गरेका छन्:

July 15, 2019

कसरी चिन्ने सामाजिक सञ्जालमा आउने 'फेक न्यूज' ?



लण्डन — 'फेक न्यूज' (गलत समाचार) दिनु कसैको स्वार्थमा हुन सक्छ, त्यो भन्दा खतरनाक कुरो सत्यतथ्य नै नबुझी यस्ता भ्रमपूर्ण खबर शेयर गर्नु, आवेशमा आएर उच्छ्रिंखल गतिबिधि सुरु गर्नु, तिब्र प्रतिक्रिया दिनु हो । यस्तो क्रियाकलापबाट जोगिनका लागि समाचार सही हो की गलत थाहा पाउनु पर्दछ ।
गत २७ नोभेम्बरमा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले मिडियाले उनको दुष्प्रचार गरेको र गलत समाचार सम्प्रेसन् गरेको भन्दै 'फेक न्यूज' अवार्ड दिनुपर्ने बताए।


त्यसपछि फेरी १७ जनवरीमा फेक न्यूज अवार्ड दिने भन्दै उनको अर्को ट्वीट आयो र दश वटा समाचारलाई झुठा समाचारको लिष्ट बनाएर फेक न्यूजको पुरस्कार जित्नेहरु भनेर रिपब्लिकन पार्टीको वेबसाइटबाट ट्रम्पले ट्वीट गरे।

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More