प्रिय साथी ,
छोडौं अब दैनिक मृत्युको हिसाब गर्न
मृत्यु मात्र गनेर बस्ने हो भने
आखिर के नै अर्थ हुने थियो र जीवनको ?
सायद यो धर्तीमा
भय, त्रास र केवल भूतको मात्र राज हुने थियो।
मर्न त हाम्रो, दैनिक एक एक दिन मरी नै रहेको छ नि?
तर हाम्रो आदत
हरेक रात हाम्रो मरेको अघिल्लो दिनलाई भुलेर
बाँच्ने पछिल्लो दिनको हिसाब गर्दै
वर्षौं पछिका सपना सँगै
हाम्रा खुसीहरूलाई बचाएर राख्नमा छ!
त्यसैले
जिन्दगी रहेसम्म
मडारिएका निराशाका बादलहरूलाई पन्छाइ
चाँदीका घेरातर्फ फर्केर
आशाका ज्योतिहरू बालिरहौं।
लकडाउन
परिस्थिति भए पनि यहाँ
जीवन र समय कहाँ हुन्छ र ?
रोकिनु या थुनिनु
जीवन र खुशीहरूको अन्त हैन
अमूल्य समय पनि हुन सक़्ला ।
जिन्दगीको दर्पणलाई फर्किएर हेर्ने
आफू र आफ्नालाई चिन्ने
बिग्रिएका बाटाहरू सपार्ने
प्रेम र सद्भावको भक्तिसँगै
जीवनको पुनर्ताजगी गर्ने
बाँच्नेहरू धेरै छन् यहाँ
यी अनमोल समयहरू व्यतीत गरौं न ?
प्रेम, सद्भाव र जीवनको हिसाब किताब गरेर !
#लकडाउनसाहित्य, ३ अप्रिल, २०२०
कोरोना भाईरस महामारीले लण्डन लक डाउनको चौधौं दिन
सेतोपाटि अनलाइनमामा प्रकासित : https://www.setopati.com/literature/203155
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.