August 1, 2019

बरु राजतन्त्र नै ठीक ?


प्रम केपी ओली र प्रचण्डको औसधि उपचारको लागि विदेश भ्रमणको संघारमा मित्र नारायण गाउलेलेल राजतन्त्र फ्याकेर ल्याएको गणतन्त्र गतिलो भएन भन्ने आसय संगै राजतन्त्र जतिको पनि देखिएन भन्ने धारणा राख्नु भएका स्टाटस भाइरल भए । कमेन्टमा धेरैले राजतन्त्र ठीक राजा आउ देश बचाउ पनि भन्न भ्याए । एक आम चेतनसिल सर्जकको ब्रम्हले देखेको कुरा बोल्नु लेख्नु प्रसंसाको बिषय छ ।

नारायण जी आलोचनात्मक चेत भएका एक अब्बल विश्लेषक हुनुहुन्छ वहाँका राजतन्त्र प्रति नरम देखिएको लेख पक्कै पनि कसैको अन्ध समर्थन र अन्ध बिरोधमा हैन भन्नेमा म बिस्वस्त छु ।
तर यो स्टाटस यसरि औधि रुचाइनु गणतन्त्र, धर्म निरपेक्षता र संघियता प्रति जनताको बढ्दो नैरास्यताको भने स्पस्ट झल्को दिएको छ यो झल्कोले झिल्को हुदै आगोको रुप लियो भने टेक्ने जमिन र समात्ने खम्बा दुवै जग नभएका गणतन्त्रका छोटे राजाहरुलाई भस्म पार्न धेरै समय लगाउदैन । दाह्रा नंग्रा भएका राणा शाशन, राजतन्त्र, पंचायत त ढले ?
होली वाइन प्रयोजन गर्दै पिएर हिड्ने गणतन्त्रका नायकले जसरि हिन्दु, बुद्ध र अन्य धर्म मान्नेहरुको भावनामा चोट पुर्यायो त्यसरी नै पानी जहाज , पाइप लाइन ग्यास , विलासी विदेश भ्रमण , हेलिकप्टर सयर लगायत अनावस्यक हावादारी गफ , भ्रस्टचारको खुलेआम बचावटबाट जनतालाई आजित बनाएको छ ।
शक्तिमा हुँदा , समय हुँदा शाशक हरुको आँखामा फुलो पर्ने देश । बेला हुन्जेल सत्ताको मातले सामान्य जनताका पिडा सम्बोधन गर्न र आफ्नो सामान्य कर्तब्य पनि बिर्सन्छन ।
शक्तिमा हुन्जेल राजा ज्ञानेन्द्र पनि गाउँगाउँ कुना कन्दरा पुगे गरिवी र अभाव हेरे मैले बुझे भने तर गरेनन । झुत्रा-मुत्रा नेपाली जनता भन्दा सम्भ्रान्तको घेरामा बस्न रुचाए । जव संकट आयो ढिलो भो , आसेपासे भागे झुत्रासंग सम्बन्ध टुटीसकेको थियो ।
दरबार हत्याकाण्ड र त्यसमा पेलाहा नीति, प्रमाण नस्ट गर्नु , छानबिनमा धोति लगाइदिनु यावत घटनाले संका उपसंका जन्माए अन्ततः उनलाई आफ्नै दिमाग भित्र रहेको सडयन्त्रले बढार्यो ।
पारसको हत्कण्डा , राजाका ठाडो आदेशमा गोलि र लाठा बर्सेको धेरै भाको छैन । राजतन्त्र चिप्लिएको कारण आफ्नै बुद्दिले हो !
हिन्दु धर्मको नाममा बिद्यमान चर्को ब्राम्हण वादले लादेको अर्को बिरालो बाँध्ने संस्कार , छुवा-छूत मान्छेलाई मन्दिर पस्न नदिने , पानी नचल्ने अमानविय कर्म , अरु जातको धर्म कर्म र आस्थालाई लत्याउनु लगायतका उग्रताले धर्म निरपेक्षता ल्यायो । अरुलाई दोश दिनु बेकार छ ! राजासंग गएको हैन धर्म र बंसको नाममा लादिएको निरंकुस्ता ढलेको हो ।
बस भाको चाही पुरानो व्यवस्थालाई फ्यालेर लामो समय युद्ध , क्रान्ति र कुरा खेतिले छरेको रामराज्यको व्यवस्थामा पनि दोहोरियो, पुराना सामन्त भन्दा पेलाहा नव समानत आए यसले पुराना चाही बेस हुन् कि जस्तो भान पारेको मात्र हो ।
नेपाली जनताले शक्तिमा हुन्जेल जानेको तेल लगाउन मात्र हो । निरंकुस हुन उक्साउने , ठाउँ दिने देवत्वकरण गर्ने हामी नै हौँ । जव शाशकले आफैलाई पिडा दिन थाल्छ तव त्यो दानव बनीहाल्छ ।
जेल जानु पर्ने भ्रस्टहरु स्वतन्त्र रुपले हिडन पाएका छन् , रक्तपात मच्चाउनेहरु सगौरव मन्त्रिको झन्डा हल्लाएर हिडेका छन् । बिश्वबिद्यालयहरुमा राजनीति , भागबन्डा , खुले आम संसद पद किनबेच, पौसाको लोभमा मत बेच्ने, कर्मचारी देखि जतातै राजनीति न्यायलय सम्ममा भाग बन्डा टुलुटुलु हेरेर रामराज्यको आस गर्ने हामी हौँ ।
हो केपी ओलीले गफै चुटेर १ वर्षको शक्ति , उर्जा र २ तिहाई जनमतको ताकत नराम्रोसंग खेर फालेका छन् । नेपाल जस्तो पिछडिएको देशमा समय खेर फाल्ने समय र छुट अझ क्रांतिकारी भनौदो नेतालाई छैन त्यसैले जनतामा नयाँ व्यवस्था प्रति बितिश्र्णा जाग्यो ।
ओलीलाई त्यो गफ चुट्ने अवसर प्रदान गर्ने जनता जनार्दनले परिणाम पनि भोग्नु पर्छ नि ? त्यसै आत्तिएर हुन्छ ? कम्युनिस्ट रामराज्यको भ्रमभंग नगरी त्यसै केपी ओली जानु हुन्न ५ वर्ष पुरा टिक्नु पर्छ !
जनताको चेतनामा बिकास नभए सम्म जुन सुकै व्यवस्था, व्यक्ति ल्याए पनि केहि हुनेवाला छैन ।
बस १७ हज्जार जनताको रगत् बगाएर , अनेकौ आंदोलन र संघर्षले ल्याएको परिवर्तन सबैले बोल्न पाउने , लेख्न पाउने, अधिकारको खातिर लड्न पाउने, दलित , अल्प संख्याक, जनजातीका आवाजलाइ आम्सीक रूपमा भएपनि सम्बोधन गर्न सफल यो परिवर्तनलाई हैन, यो परिवर्तनलाई दुरुपयोग गर्ने अन्तरघातीहरुको अन्त्यको कामना गरौँ ।
परिवर्तन बिरोधिहरुलाई १७ हज्जार मान्छे प्रचण्ड, बाबुरामले मारे भन्ने लाग्छ तर जानतालाई मर्न सम्म तयार हुने त्यो अवस्था ल्याउने राजतंत्र , तत्कालिन भ्रस्ट व्यवस्था , एकल जातीवाद बिर्सिए ?
युद्ध निम्त्याउने , अधिकार, समानताको लागि सधै लडी रहनुपर्ने पुरानो रूप फेरीयो अहीले सामन्तवादले लाल निरंकुस नव सामन्तवाद जन्माउन लागेको छ , बस त्यसको अन्त्यको कामना गरौँ ।
राजा ज्ञानेन्द्र सुध्रिए भने , जनताको मन जिते भने कुनै दिन फेरी फर्किन सक्ने खालको लोकतान्त्रिक व्यवस्था र चेतनको कामना गरौँ !
तुरुन्त गणतन्त्र र भएका उपलब्धि मासेर फेरी उल्टो बाटो हिड्ने दिवा स्वप्नबाट चाही सबै बिउतिएकै जाति होला ?


मित्र नारायण जीको लेख जस्ताको तस्तै तल 
बिरामी त 'राजा' ज्ञानेन्द्र पनि हुँदा हुन् । उनकी वृद्ध आमाको स्वास्थ्य पनि त्यत्ति राम्रो छ भन्ने सुनिन्न । तर तिनलाई उपचार गर्न विदेश नै जानुपर्छ भन्ने ज्ञान किन नआएको होला ?
त्यत्रो दुई सय वर्षभन्दा बढ़ी शासन गरेको राजसंस्थाका अन्तिम शासक ज्ञानेन्द्रको हल्ला गरिएजस्तो विशाल सम्पत्ति पनि देखिएन । अन्य देशका राजधानीमा प्रायः हरेक राजाका दर्जनौं दरबार हुन्छन् । एक दुई थान हेलिकप्टर, निजी जेट विमान र प्राइभेट जङ्गलहरू हुन्छन् । त्यही एउटा निर्मल निवासबाहेक काठामाडौंमा उल्लेख्य दरबारहरू पनि उनको नाममा रहेनछन् । त्यही निवास पनि पुरानो समयमा अलि धेरै जग्गामा बनेकोले ठूलो देखिएको होला, दरबारजस्तो छैन । नागार्जुनमा उनी बस्ने घर जम्मा चार कोठे छ रे । नारायणहिटी नै पनि के नै दरबारजस्तो थियो र ? अलिकति जग्गा र पर्खाल न हो । आज सङ्ग्रहालय बनेको त्यो दरबार छिर्दा म अचम्म बनेको थिएँ । कति मामुली बेडरूमहरू, कति सामान्य सजाबट । बरु राणाहरूले बनाएका महल भव्य र महँगा लाग्ने । उनले विदेशतिर अकूत सम्पत्ति जोडेको पनि देखिएन । हाम्रा प्रधानमन्त्रीले बालुवाटार छोड्दा पकाउने भाँडाकुँडा र कार्पेट पनि लैजान्छन्, उनी एउटा कारमा बिदा भएका थिए । भारत या चीनसँग हदैसम्म झुकेको भए कतै राजसंस्था बची पो हाल्थ्यो कि ? त्यस्तो प्रयास पनि देखिएन ।
बिरासतमैं प्रशस्त सम्पत्ति लिएर आएका ज्ञानेन्द्रभन्दा चप्पल लगाएर काठमाडौं छिरेकाहरू नै बरु बढ़ी धनी देखिन्छन् । ज्ञानेन्द्रमात्रै होइन, यति लामो राजवंशमा सयौं अन्य राजपरिवार पनि होलान् ! सत्ता र शक्तिको नजिक रहेका ती नेपालको सबैभन्दा धनी परिवारमध्ये हुनुपर्ने हो, तर ती पनि गुमनाम देखिन्छन् । देउबादेखि माधव नेपालसम्म बेलायत-अमेरिका आइरहन्छन् । ज्ञानेन्द्रलाई घुम्ने मन पनि खासै नलाग्ने रहेछ कि ?
सबैभन्दा महँगो कार चढौँ, सबैभन्दा अग्लो महलमा बसौं, सबैभन्दा महँगो डिजाइनको फेशन लगाऊँ भन्ने चाहना पनि किन नआएको होला ? म नाथेलाई त लोभ लाग्छ । मन्त्रीहरू एकपल्ट चढेको गाड़ी नचढ्ने भन्छन्, उनले नयाँ गाड़ी मागेको या किनेको पनि सुनिन्न । लण्डनको ह्यारोड्समा शपिंग गर्ने रहर होला कि नहोला ? फ्लोरिडा या मियामीमा होलिडे मनाउने रहर किन नआएको होला ? किन चितवन या पोखरामात्रै मन परेको होला ? पूर्व नै भए पनि राजा त हुन्, यसो हेर्दा पनि अति सामान्य लाग्ने जीवनशैली किन अपनाएको होला ?
ज्ञाने चोर देश छोड् भन्ने मध्ये म पनि एक थिएँ । अझै पनि हाम्रा शासकले होच्याएरै बोल्छन् । अनेक धम्की दिन्छन् । कहिलेकाहीँ आमजनताले जस्तै देशबारे दुई शब्द बोल्दा अपराधै गरेजस्तो गर्छन् । तैपनि तिनकै स्तरमा उत्रेर क्षुद्र वचन बोल्न ज्ञानेन्द्रलाई केले छेकेको होला ?
यसो सोच्छु, हैन कस्तो खाले सामन्त होलान् यी जुन हाम्रा प्रखर समाजवादीहरू भन्दा पनि सामान्य जीवन बिताउँछन् र राजपाट सबै खोसिँदा र त्यत्रो अपमान हुँदा पनि देशमैं बस्छन् ! कतै जाँदैनन् ! लोकप्रिय, जनवादी, सर्वहारा र क्रान्तिकारी राष्ट्रपतिलाई बरु डर लाग्छ र आकाश-धर्ती खालि गर्नुपर्छ, यी सामन्ती मनुवा सड़कमा खुलेआम मान्छेको बीचमा देखिन्छन् ! कस्तो डर पनि नलागेको होला ?
परिस्थितिले राजा बनेका थिए, जनताले राजसंस्था चाहिन्न भनेर आन्दोलन गरे, यिनले छोडिदिए । त्यसबाहेक खास गल्ती यिनको के नै थियो र ? लौ राजसंस्था खराबै होला रे, तर यिनले सुरु गरेको त होइन । अलि अर्घेलो भनेको शेरबहादुरलाई अक्षम भनेर फालेका थिए यिनले । अहिलेका दुई तिहाई वालाले पनि उनलाई अक्षम नै त भन्छन् । अलि राम्रो होला कि भन्ने लाग्यो होला, भएन । तर स्विट्जरल्याण्ड बनाउँछु भनेर गफ पनि त दिएनन् । भएकोभन्दा अलिकति राम्रो बन्छ कि भन्ने न थियो । एउटा दुई महिने नाकाबन्दीले हाम्रो आर्थिक वृद्धिदर शून्यप्रतिशतमा झरेको थियो, माओवादी द्वन्द्वले देशै नाकाबन्दी जस्तो हुँदा पनि अर्थतन्त्र स्वस्थ नै रह्यो । अहिलेजस्तो कहालीलाग्दो व्यापारघाटा त्यो बेला थिएन । अहिले राजदूत या जिएम नियुक्ति जसरी हुन्छ, उनले त्यसरी नै गरेको भए जम्मैं मन्त्री र कर्मचारी शाह र राणामात्रै हुन्थे होला ।
तर अचम्म, हाम्रो सरकारले तोकेको मर्यादाक्रममा देउबादेखि माधव नेपालसम्मको मर्यादा त तोकिएको छ तर उनका लागि कुनै ठाउँ छैन । उनी एउटा इतिहास त हुन् नि । हाम्रा नेताहरूलाई पत्रिकाले 'तिमी' भनेर सम्बोधन गरेको मन पर्दैन तर तिनैले पूर्व राष्ट्रप्रमुखलाई तपाईं भन्ने सामान्य आदर गर्न पनि किन हिचकिचाउने होलान् ? किन कुनै महत्त्वपूर्ण सरकारी कार्यक्रमहरूमा उनलाई ननिम्त्याइने होला ? के हाम्रो लोकतन्त्रमा उनी अटाउन्नन् ? के उनलाई राज्यले अलिकति आदर दिँदा हाम्रो व्यवस्थै डगमगाउँछ ?
उसो देशको नागरिकता त्यागेकाहरू लाई त राजनैतिकबाहेक सांस्कृतिक र सामाजिक अधिकारसहितको गैर-आवासीय नागरिकता दिने व्यवस्था भएको छ, अलिकति ठूलो मन गरेर यी अन्तिम राजा बाँचुन्जेल राजनैतिकबाहेकका चाडपर्व, जात्राहरू र मठमन्दिरसँग जोड़िएका सांस्कृतिक अधिकार दिन सकेको भए पनि हुन्थ्यो । हाम्रो समस्या राजनीतिसँग पो थियो ! धर्मनिरपेक्ष देशमा नास्तिक, भौतिकवादी, मुश्लिम या क्रिश्चियन जो पनि राष्ट्रप्रमुख बन्न सक्छ, तर उसलाई मच्छिन्द्रनाथको भोटो दर्शन गराउनु कत्तिको सार्थक होला ?
(बसिबियाँलो)

गणतन्त्रका नवराजा रानीहरुको कर्तुत प्रति बितृष्णा ल्याउने अन्य केहि सामग्री :  



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More