
चलेका ब्रान्ड हरु यस्ता छन्
कोहि माओ ब्यापारी
कोहि बिपी ब्यापारी ब्यापार छन्
गजेन्द्र नारायण अनि मदन भण्डारी नामका
राजनीति ब्यापार कै आडमा सुरुभए
गुण्ड-गर्दी अनि डन गिरीका ब्यापार
क्रान्तिका ब्यापार भए, यहाँ शान्तिका ब्यापार
न्याय, अन्याय सहित् मजाले बिक्रि भए हामी नेपालीका सपना
अहा ! क्या फस्टाएको राजनीति मूल ब्यापार संगै
नदीनाला, ढुंगा माटो, जंगल हुदै जनताका रगत पसिनाको ब्यापार
प्रतिस्प्रधाकै क्रममा सुरुभए जात-धर्मका व्यापार
नाङ्गो प्रतिस्पर्धा यति बढ्यो कि
अब खुलेआम हुनथाले नागरिकता, रास्ट्रीयता
अनि लोकतन्त्रका हरेक मूल्य मान्यताका ब्यापार
सुरु गर्न क्या सजिलो अब अरुले गरुन कसरि अर्को ब्यापार
झुटो बोले पुग्ने,
जे गर्ने हो त्यो नभन्ने जे भन्ने हो त्यो नगर्ने
सडक जाम गरेर , गाउघर एकपटक आतंकित पार्न सके
सुरु भैहाल्यो भाग बन्डाको ब्यापार
जब सम्म हुदैन यो ब्यापारको अन्त्य
तब सम्म सप्रन्न देश र जनताको ब्यापार
यी ब्यापारीको मुख्य चिन्ता नै यहि छ कि
कसरि बचाउने यिनका आफ्ना ब्यापार?
यिनले आफ्नो ब्यापार बचाउन तहसनहस पर्नैपर्छ नेपालको ब्यापार
गरेकै त्यहि छन् यिनले, उपभोक्ता पनि बन्न सकिएन
नबुज्ने हामी बुद्धु बनिरहेका छौ
केवल यिनका बजारमा बिक्रि हुने मोलमोलाईको समान
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.