August 2, 2011

बिनम्र अनुरोध- 'भ्रस्टचारी लाइ किरा परोस !' अभियान का तर्फबाट

यस अभियान प्रति भ्रम नहोस हामी कुनै पनि टि शर्ट बिक्रि वितरण अभियान का तर्फ बाट लगानी गरेर बिक्रि गरेको नभई विभिन्न सस्था , ब्यापारिक संस्था हरुले उनीहरुकै लगानी मा उपलब्ध गराएका हुन् र यदि तेस्ता क्रियाकलाप मा अनियमितता भेटिए खबर गर्नु होला मिलेर सचेत गरौ र हाम्रो उदेस्य तेस्ता टि सर्त सस्तो भन्दा सस्तो उपलब्ध हुन् भन्ने रहेको छ यदि कसैले सित्तै मा उपलब्ध गराउन सहयोग गर्छ भने हामि तेस्ता व्यक्ति हरु को नाम यस फेसबुक पेज र www.khabardari.com वेबसाइट बाट प्रकासित गर्ने छौ |
रहयो कुरा केहि मेडियामा आएको भ्रस्टचारी नै यस अभियान को नेत्रित्वो मा लागे भन्ने : यस अभियान कुनै रुप मा संगठित र एन जिओ व्यापार को हिसाब मा सुरुनभएको कुरा अवगत गराउदै यो नितान्त जनस्तर बाट स्वोतः स्फुर्त रुप मा आएको अभियान हो, यदि कोहि तेस्ता भ्रस्टचारी पनि संलग्न छन् भने तिनका बिरुद्द पनि हो | भ्रस्टचारी ले हाम्रो टिसर्ट लगाएर हाम्रो अभियान मा आएर सुध्रिन खोजे को हो भने हाम्रो अभियान को सफलता मान्नु पर्छ |
********************************************************

 यस बिसय मा  Rabindra Mishra लेख्नु हुन्छ 

‎"'भ्रष्टाचारीलाई किरा परोस्' अभियानको आवरणभित्र भ्रष्टाचारीहरुनै घुस्नसक्ने चिन्ता ब्यक्त भैरहेका छन्। अभियान ठूलो हुंद‍ैजांदा त्यो संभावनालाई नकार्न सकिंदैन। तर विगतमा गल्ति गरेको ब्यक्ति यो अभियानमा लागेर सुध्रन चाहान्छ भने उसलाई मौका दिइनु पर्छ। यो अभियानमा सरीक भैसकेपछि पनि उसले भ्रष्टाचार गर्योभने चाहिं त्यो ब्यक्ति यति घृणित हुन पुग्ने छ कि उसले हामी कसैको अगाडि मुखै नदेखाए हुन्छ। त्यो निकृष्टतामा ओर्लन सानोतिनो आंटले पुग्दैन र त्यस्ता मानिसहरू थोरैमात्र हुन्छन्।"
************************************************************
यदि यस अभियान को परदार्सिता र जनस्तर को उत्साह र सहभागिता देखेर कुनै भ्रस्ट व्यक्ति हरुको मन झस्किएको हो र सस्तो लोकप्रियता को लागि जे पायो तेही भनेर, बोलेर , लेखेर यस अभियान को बदनामी गर्न खोजिएको हो भने भ्रम नपाल्न अनुरोध गर्दछौ तर पनि तेस्ता क्रियाकलाप असोभाबिक भने हैनन् र तेस्ता क्रियाकलाप ले नै हामीलाई अझ ससक्त हुन मद्दत पुर्याई रहेका हुन्छन |

आफु पनि केहि राम्रो काम नगर्ने र अरुले गरेको राम्रो काम को पनि पनि खैरो खन्ने , कटु आलोचना गर्ने  सिर्जना मुखी , बिकाश मुखी भन्दा आलोचना र नकारात्मक गित मा रमाउने हरु ,  समाधान नदिने तर समस्या मात्र देखाउने ,समस्या  सिर्जना मात्र गर्ने  भजन मण्डली हरु पनि समाजमा  एकप्रकारका भ्रस्ट नै हुन् ,  के  तिनको चै दाइत्वो छैन र समाजमा केहि गर्ने ? तिनले देखाए को बाटो मा हाम्रा भावी पुस्ताले के सिक्ने ,के  गर्ने ? ,
यो अभियान तिनका बिरुद्द पनि हो |

हाम्रो उदेस्य न तेस्ता व्यक्ति ले कमाएको रकम ले अभियान चलाउने हो न हामि तेस्ता व्यक्ति लाइ च्यापेर अभियान सफल हुन्छ भन्ने मुर्ख सोच ले ग्रसित छौ |
यस अभियान का बारेमा थप जानकारी का लागि यहाँ क्लिक गर्नु होला  
सल्लाह , सुझाब र प्रतिक्रिया भए कृपया कम्मेन्ट मा गएर सेयर गर्नुहोला तपाइँ का अमुल्य सुझाब हरु नै हुन् हामीलाई मार्गदर्शन गर्ने कडी :


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More