September 11, 2011

अस्ति पोखरा बाट आज प्रधानमन्त्री भट्टराई सम्म पुग्यो 'भ्रस्टाचारीलाइ किरापरोस ! अभियान

भ्रस्टाचार बिरुद्द स्वोतः स्फुर्त    रुप मा अघिबढी रहेको हाम्रो भ्रस्टाचारी लाइ किरा परोस अभियान  अस्ति मात्र  नेपालगंज , जुम्ला हुदैँ गोर्खा सम्म पुगेको चर्चा गरिएको थियो | प्रधनमन्त्री को गृह  जिल्ला नै गोर्खा भएको ले गोर्खा  बाट आज पुग्यो सिधै बालुवाटार |

पत्रकार रबिन्द्र मिश्र को लेख बाट सामान्य रुपमा सुरु भाएको यो अभियानले नेपालगंज बास का नमस्कार साह लगायत का साथिहरुको ब्यानर , भित्ते लेखन अनि टिसर्ट  अभियान साथ् साथै  फेसबुक मा मेरो सुरुवात संगै लियो देश विदेश मा सनसनी रुप   र त्यस रुप लाइ अझ  मजबुत र दरिलो आड  मिल्यो युवा अभियान र नेपाल युनाइट्स ( परिवर्तन का लागि हामि नेपाली एक )  को साथ्  ले  | हाल यो अभियान सम्पूर्ण नेपाली को साझा अभियान बनेको छ |
आज सनिबार  युवा अभियान  र  नेपाल युनाइट्स  का साथि हरुको पहल मा कलाकार द्वय हरिबंस , मदन कृष्ण , पत्रकार रबिन्द्र मिश्र , अख्तियार का सचिब भगवती प्रसाद काफ्ले लागायत को प्रतिनिधि मण्डल ले 'भ्रस्टाचारी लाइ किरापरोस!' लेखिएको टिसर्ट  प्रधानमन्त्री लाइ हस्तान्तरण गर्दै प्रतीकात्मक रुप मा भ्रस्टाचार बिरुद्द प्रधानमन्त्री लाइ पहल गर्न नागरिक का तर्फबाट  आग्रह गर्दै   भ्रस्टाचार बिदरुद्ध का हरेक कदम मा हाम्रो साथ् रहने र तेस्ता काम गर्न खुट्टा नकमाउन प्रधानमन्त्री भट्टराई लाइ सुझाब दियिएको छ  |

भट्टराई ले पनि जवाफ मा  भ्रस्टाचार बिरुद्द सुन्य सहनसिलता र अख्तियार का पदाधिकारी परदारसी ढंग ले नियुक्ति गर्ने बचन दिए | See Video below:

यसै हप्ता पोखरा मा पोखरेली युवाहरुले यस अभियान लाइ उत्साहपूर्ण ढंग ले निरन्तरता दिए | केहि तस्बिर हरु :

 

 

साथीहरुले देखाउनु भएको  यो उत्साह लाइ बधाई ताथा  निरन्तरता को शुभकामना | तपाइँ पनि यस अभियान को बारेमा केहि गर्दै हुनुहुन्छ र गर्नुभएको छ भने हामी लाई सूचना तथा जानकारी दिनुहोला हामी हाम्रो भ्रस्टाचारी लाइ किरा परोस फेसबुक पेज र खबरदारी.कम मार्फत सबैलाई जानकारी तथा सूचना प्रसार गर्नेछौं |



 यी त भए प्रचार , प्रसार का गतिबिधि हरु अब भ्रस्टाचार लाइ निरुत्साहित गर्न   भ्रस्टचारी लाइ किरा परोस भनेर र तेस्ता टिसर्ट मात्र लगाएर पुग्दैन  भन्नेकुरा सर्बबिदित छ र भ्रस्टाचार नियन्त्रण का लागि हामी आफै नै सचेत भएर जन जन ले भ्रस्टाचारी लाइ निरुत्साहित गर्ने , घुस नदिने , घुस दिनेलाई पनि भ्रस्टाचार बढाउने बिउ को रुपमा चित्रण गर्ने जस्ता क्रियाकलाप हरुले मात्र   सहीरूपमा यसको कार्यन्वन गर्न सकिन्छ |

फेरी नेपाली  समाज मा  घुस दिने र घुसखाने मात्र  काम भ्रस्टाचार हो भन्ने बुझिन्छ तर  आफ्नो पद को दुरुपयोग गर्ने , सर्बजनिक पद धारण गर्नेहरुले कर्तब्य पालन नगर्ने  अर्थात् आफ्नो काम सहि रुप मा नगरिदिने ,   व्यापार मा जथाभावी अनियमतिता गर्ने  जस्ता बिबिध गतिबिधि पनि भ्रस्टाचार हुन् भन्नेकुरा  जोद्तोड़ का साथ् सचेत गराउन जरुरि छ | लौ कहाँ बाट कसरि सकिन्छ लागौं 


1 प्रतिक्रिया हरु:

भ्रस्टाचारी लाइ किरापरोस टिसर्ट मात्र लगाएर फोटा खिचेर मात्र भ्रस्टाचार नियन्त्रण हुन भए सबै नेपाली ले लगाउदा हुन्थियो लुना केहि सृजनसिल काम गरेको सुन्न पाउ, शुभकामना

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More