December 10, 2014

फोन स्लो भएर वाक्क हुनुभा छ ? फास्ट बनाउन यसो गरौ-How to make your phone fast instructions in Nepali.

स्मार्टफोन स्लो हुनुमा धेरैवटा पक्षले काम गरेको हुन्छ । सस्तो मूल्यका स्मार्टफोनमा प्रयोग हुने प्रोसेसर, स्टोरेज क्षमता, एप्सहरुको बढ्दो साइज र भाइरसका कारण पनि फोन स्लो हुने समस्या देखिन्छ ।

यदि तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने तुलनात्मकरुपमा अन्य फोनभन्दा धेरै स्लो हुने समस्या भोग्नुभएको होला । स्मार्टफोनलाई फास्ट बनाउने केही सरल तरिका यस्ता छन्-

१. फोन रिस्टार्ट गर्नुहोस्

लामो समय चलिरहँदा तपाईको फोनको प्रोसेसरले धान्न नसकिरहेको हुनसक्छ । जसले गर्दा कम्प्युटरलाई जस्तै मोबाइल फोनलाई पनि रिस्टार्ट गर्नुपर्ने हुनसक्छ । त्यसैले फोन स्लो भयो भने अरु धेरैतिर सोच्नुभन्दा सवैभन्दा पहिले स्वीच अफ गरि पुनः स्टार्ट गर्नुहोस् ।

२. अपरेटिङ सिस्टम अपडेट भएको निश्चित गर्नुहोस्

फोन स्लो हुनुमा महत्वपूर्ण पक्ष हो अपरेटिङ सिस्टम । यदि तपाईले एन्ड्रोइडको पछिल्लो भर्सन अपडेट गर्नुभएको छैन भने पनि फोन स्लो हुन्छ । त्यसैले पछिल्लो भर्सन अपडेट भए/नभएको यकिन गर्नुहोस् । त्यसका लागि सेटिङभित्र गएर अवाउट डिभाइस अप्सनमा क्लिक गरी सफ्टवेयर अपडेट सेक्सनमा चेक गर्नुहोस् ।

३. नचाहिने तस्वीर, भिडियो र एप डिलिट गर्नुहोस्

तपाईंले खिचेका सवैजसो तस्वीर, भिडियो र अन्य स्टोर भएका फाइलका कारण पनि फोन स्लो हुन्छ । त्यसैले बेलाबेलामा त्यस्ता फाइल चेक गरी नचाहिने फाइलहरु हटाउनुपर्छ । जति कम एप र फाइलहरु फोनमा हुन्छन, त्यति नै फास्ट चल्ने सम्भावना हुन्छ ।

४. एप क्यास क्लियर गर्नुहोस्

तपाईंले प्रयोग गरिरहने एपका केही निश्चित डाटाहरु फोनमा स्टोर भएका हुन्छन जसका कारण तपाईले हरेकपटक एप खोल्दा त्यस्ता फाइलहरु डाउनलोड गरिरहनुपर्दैन् । मोबाइल डाटा बचतका लागि धेरैजसो एपहरुले निश्चीत फाइल आफैैं स्टोर हुने बनाएका हुन्छन जसलाई क्यास भनिन्छ । यस्तो क्यासकै कारण तपाईको फोन स्लो भएको हुनसक्छ । त्यसका लागि तपाई सेटिङमा स्टोरेज अप्सनभित्र गई क्याच्ड डाटा अप्सनमा गई हटाउन सक्नुहुन्छ ।

स्मार्टफोन स्लो भयो ? यी उपाय अपनाउनुहोस्

तपाईले मोबाइलमा डाउनलोड गरेकामध्ये सवै एपको क्षमता एउटै हुँदैन् । कुनैकुनै एपले निकै धेरै रिसोर्स प्रयोग गरिरहेका हुन्छन जसले गर्दा फोन स्लो भइरहेको हुनसक्छ । कुन एपले धेरै क्षमता उपयोग गरिरहेको छ भन्ने थाहा पाउनका लागि प्लेस्टोरमा एउटा एप पाइन्छ जसको नाम हो- वाचडग टास्क म्यानेजर । यो एपले तपाईको मोबाइलमा इन्स्टल भएकामध्ये कुन एपले धेरै रिसोर्स खाएको छ भन्ने देखाउँछ । त्यही आधारमा तपाईले त्यस्तो एप हटाउने निर्णय लिनसक्नुहुन्छ । – बिजनेस इनसाइडरको सहयोगमा

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More