October 13, 2014

मोबाइल र कम्प्युटरबारे यी भ्रमहरु नापालौ

डिभाइस कसरी चार्ज गर्ने, कसरी सुरक्षा गर्ने जस्ता बिषयमा सही सूचनाको अभाव हुँदा हामीले कहिलेकाहीँ निकै ठूलाठूला भ्रम पालिरहेका हुन्छौं । जस्तो कि, एप्पलको कम्प्युटरमा भाइरस लाग्दैन, फुल चार्ज भएपछि पनि प्लगमा जोडिरहँदा ब्याट्री खतम हुन्छ आदि-आदि ।

आज हामी तपाईंलाई दैनिक जीवनमा आबश्यक यस्ता केही सामान्य कुराहरुको जानकारी दिँदै छौं जसले तपाईलाई यस्तै केही ठूला भ्रमहरुबाट मुक्ति दिनेछ र तपाईले सही तरिकाले आफ्ना कम्प्युटर र मोबाइल चलाउन सक्नुहुन्छ ।

१. एप्पल कम्प्युटरमा भाइरस लाग्दैन

ल्यापटप वा कम्प्युटर प्रयोगकर्ताका वीचमा एउटा ठूलो भ्रम छ कि एप्पलका डिभाइसमा भाइरस लाग्दैन् । यो भ्रमलाई मलजल गर्नेगरी एप्पलले आफ्नो वेबसाइटमा म्याकबुक भाइरस फि्र रहेको दावी गरेको थियो । तर, उसको दावी कति हावादारी थियो भने कुरा सन् २०१२ मै पुष्टी भयो जब हजारौं एप्पल कम्प्युटर एकैसाथ भाइरस आक्रामणको निशानामा परे । विन्डोज कम्प्युटरको तुलनामा एप्पल आईओएस डिभाइस तुलनात्मक रुपमा सुरक्षित भए पनि भाइरस नै नलाग्ने भने हैन् । त्यसैले आजैदेखि यो भ्रमबाट मुक्त हुनुहोस् ।

२. प्राइभेट ब्राउजिङमा पहिचान लुक्छ

आजकल वेब ब्राउजरहरुले सुरक्षित ब्राउजिङ सुबिधा ल्याएका छन् । सफारीमा यसलाई प्राइभेट ब्राउजिङ भनिन्छ भने क्रोममा इनकङनितो । ब्राउजरलाई यस्तो सुरक्षित मोडमा परिवर्तन गरियो भने ब्राउज गर्नेको सारा पहिचान लुक्छ र जे जे ब्राउज गरेपनि थाहा हुँदैन भन्ने भ्रम धेरैमा छ ।

यस्तो ब्राउजिङ मोडले के मात्र गर्छ भने तपाईले कुन-कुन साइट खोल्नुभयो भन्ने कुराको रेकर्ड तपाईको डिभाइसमा स्टोर गर्दैन् । प्राइभेट ब्राउजिङ गर्नुको अर्थ तपाईले कुन देशबाट कम्प्युटर चलाउनुभएको छ, कुन नेटवर्क प्रयोग गर्नुभएको र तपाईले प्रयोग गर्ने डिभाइसको आइपी ठेगाना कुन हो सवै कुरा लुकाइदिन्छ भन्ने हैन् ।

३. पूर्ण चार्ज भएपछि पनि जोडिराख्दा ब्याट्री खतम हुन्छ

अन्य धेरै फोन प्रयोगकर्ताले जस्तै तपाईंले पनि आफ्नो फोन रातभरी चार्जमा जोडिराख्नुहुन्छ होला । तर, ब्याट्री एकपटक पूर्ण चार्ज भइसकेपछि हत्तपत्त निकालिएन भने ब्याट्री ड्यामेज हुन्छ भन्ने धारणा ब्याप्त छ । त्यसैले धेरै मानिस साँझमा मोबाइल पूर्ण चार्ज भएपछि अनप्लग गरेर मात्र सुत्ने गर्छन् ।

तर, यो मान्यता पूर्णतया भ्रम हो । किनभने पछिल्ला सवैजसो मोबाइलमा अत्याधुनिक ब्याट्री प्रबिधि प्रयोग गरिएको हुन्छ जसले गर्दा ब्याट्री एकपटक सत प्रतिशत चार्ज भएपछि आफै चार्ज हुन बन्द हुन्छ । तपाईले बिजुलीमा फोन जोड्नु भएको छ कि छैन भन्ने कुराले खासै अर्थ राख्दैन् ।

४. धेरै मेगापिक्सेलको क्यामेराले राम्रो तस्वीर खिच्छ

आजकल निकै सस्ता स्मार्टफोन पनि १२-१५ मेगापिक्सेलका क्यामेरासहित आएका छन् । अक्सर धेरै प्रयोगकर्तालाई लाग्छ कि, धेरै मेगापिक्सेलको क्यामेरा हुनु भनेको राम्रो फोटो खिच्नु हो, उच्च गुणस्तरको फोटो खिच्नु हो ।

वास्तवमा स्तरीय फोटो खिच्नुसँग मेगापिक्सेलको निकै कम साइनो छ । कहिलेकाहीँ १३ मेगापिक्सेलको क्यामेराले भन्दा ८ मेगापिक्सेलको क्यामेराले उच्च गुणस्तरको तस्वी खिच्न सक्छ । कुनै पनि तस्वीरको गुणस्तर त्यो क्यामेराले कति धेरै प्रकाश सेन्सर गर्न सक्छ भन्ने कुराले निर्धारण गर्छ न कि मेगापिक्सेलको नम्बरले । त्यसैले मेगापिक्सेलको नम्बर बढ्दैमा राम्रो क्यामेरा हो भ्रम त्याग्नुहोस् ।
५. ब्याट्री पुरै नसकिएसम्म चार्ज गर्नु हुँदैन

यो पनि भ्रम छ कि मोबाइल वा ल्यापटपको ब्याट्री पुरै नसकिएसम्म चार्जमा जोड्नु हुँदैन, यसले ब्याट्रीको आयु घटाइदिन्छ । तर, वास्तविकता चाहिँ ठिक उल्टो छ । यदि तपाईले ब्याट्री पुरै सकिएपछि, आफ्नो डिभाइस अफ भएपछि ब्याट्री चार्जमा राख्नुभयो भने चार्ज हुन निकै बेर लाग्छ । ब्याट्रीको लाइफ सकिने कुरा ब्याट्री साइकल कति सकियो भन्ने कुराले निर्धारण गर्छ । चार्ज आधा बाँकी हुँदै फेरी जोड्दा तपाईको ब्याट्रीको आयु घट्दैन् ।

६. हाइ रिजुलेसनको स्क्रिन भएको स्मार्टफोन राम्रो हो

आजकल हरेक नयाँ स्मार्टफोनले धेरै रिजुलेसनको स्त्रिmनयुक्त फोन ल्याउने होडबाजी गरिरहेका छन् । पछिल्लो समय एलजीले २५६०हृ १४४० पिक्सेलको स्त्रिmन भएको जी ३ मोबाइल ल्यायो । के यो फोन प्रतिस्पर्धी १९२० पिक्सेलवाला स्मार्टफोनभन्दा राम्रो छ त ? भिडियो वा तस्वीर हेर्दा प्रयोगकर्ताको आँखाले यी दुईमा प्रष्ट भेद थाहा पाउन सक्छ ?

प्रबिधि साइट गिजमोडोले बिज्ञको भनाई उदृत गर्दै उल्लेख गरेअनुसार मानिसको आँखाले प्रतिइन्च ३०० पिक्सेलभन्दा माथिको पिक्सेल पढ्न सक्दैन र भेद छुट्टयाउन सक्दैन् ।

त्यसैले एप्पलजस्ता कम्पनीले पिक्सेल बढाउने प्रतिस्पर्धामा भन्दा ब्राइटनेस बढाउनेतिर बढि ध्यान दिएका छन् ।

७. आइप्याड चार्जरले आइफोन चार्ज गर्नु हुँदैन

अर्को भ्रम के पनि छ भने आइप्याडको एडप्टरले आइफोन चार्ज गर्नु हुँदैन, यसले आइफोनको ब्याट्री लाइफ खतम गर्छ । तर, एप्पलको वेबसाइटका अनुसार १२ वाटको आइप्याड एडप्टरले आइफोन र आइप्याड दुवै चार्ज गर्न सकिन्छ । त्यसले केही पनि फरक पार्दैन् । केही बिज्ञहरुले एक बर्षभन्दा लामो समयसम्म आइप्याडको एडप्टरले आइफोन चार्ज गर्दा समस्या आउने बताए पनि एप्पलले त्यसलाई स्वीकार गरेको छैन् ।

८. हरेक दिन कम्प्युटर बन्द गर्नु हुँदैन

सायद तपाईंले आफ्नो कार्यालय वा घरको कम्प्युटर प्रयोग गरेपछि हरेक दिन सट डाउन गरेर जानुहुन्छ होला । आम बिश्वास के छ भने यसरी हरेक दिन कम्प्युटर बन्द गर्दा कम्प्युटर बिग्रन्छ, ल्यापटपको ब्याट्री बिग्रन्छ । त्यसैले धेरै जना प्रयोगकर्ता आफ्नो ल्यापटप स्लीप मोडमा राख्ने गर्छन् ।

लाइफ ह्याकर वेबसाइटका अनुसार कम्प्युटर हेरक दिन बन्द गर्दा प्रोसेसर र अन्य इन्जिनमाथिको दबाब कम हुन्छ र डिभाइसको आयु लम्बिन सक्छ । त्यसैले हरेक दिन कम्प्युटर अफ गर्नु बुद्धिमानी हुन्छ । -बिजनेस इनसाइडरबाट

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More