August 23, 2012

जेल जानु अघि के भने त खुमबहादुरले पत्रकार सम्मेलनमा?-khum bahadur press conference video


कांग्रेस नेता एमब पूर्व मन्त्रि  खुमबहादुर खड्का सर्वोच्च अदालतको फैसला अनुसार भ्रष्टाचार मुद्दामा आत्मसमर्पण गरी बुधबार डिल्लीबजार जेल गए |
घिल्लो साता मंगलबार सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले पटकपटक मन्त्री हुँदा खड्काले अकुत सम्पत्ति कमाएको ठहर गर्दै ९५ लाख अवैध सम्पत्ति जफत गर्ने, त्यति नै जरिवाना भराउने र डेढ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
कानुनी प्रावधान अनुसार कुनै पनि मुद्दामा दोषी ठहर भएपछि फैसला हात परेको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गर्न पुगे जरिवाना र कैद सजायमा २० प्रतिशत छुट हुने व्यवस्था छ। त्यही व्यवस्था अनुसार उनले पनि छुट पाएका छन्।
२०४८ सालदेखि २०५८ को एक दशकमा दर्जन पटक गृह, स्थानीय विकासलगायत मन्त्री भएका खड्काको २० प्रतिशत छुटको प्रक्रिया र जेलका लागि पुर्जी काट्न आधा घन्टा लागेको थियो। अदालतले तोकेको जरिवाना रकममा २० प्रतिशत छुट गरेर उनले बुधबार अदालतमा नगद ७५ लाख ७९ हजार ३०० रुपैयाँ रकम बुझाए। कैदमा २० प्रतिशत र सुरु मुद्दा दर्ता हुनुअघि २०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोगका क्रममा राखेको २ महिना कैद सजायमा घटाउँदा उनले अब जेलमा ११ महिना १२ दिन बस्नुपर्छ।

पत्रकार सम्मेलनमा जेल जानुअघि कुरा गर्दै खड्काले फैसला पूर्वाग्रही भएको र आगामी बैशाखमा हुने भनिएको चुनावमा उठन नदिन नियोजित तरिकाले फसाइएको दावी गरे । ‘दुई जना न्यायाधीशले भन्दैमा त्यो जनताको फैसला हुँदैन, त्यसमा जनबिश्वास पनि छैन’ खड्काले भने- ‘जेलबाट निस्केर जनतामा जान्छु, जनताले नै मलाई न्याय दिनेछन र जनताले नै भन्ने छन म भ्रष्ट हुँ कि हैन् ।’ पुनरावलोकनबाट पनि न्यायको आश गरेको उनले खुलाए ।
आफु पहिले पनि जेल परेकाले अहिले जेल पर्नुलाई अनौठो नलिएको भन्दै खड्काले भने- ‘जेल मेरा लागि पवित्र घर हो, हिजो पनि छाती फुलाएर बसेको थिएँ आज पनि छाती फुलाएर बस्छु । 
जेल जानु अघि के भने त पत्रकार सम्मेलनमा ल हेर्नुहोस भिडिओ 
khum bahadur khadka sent to jail part-1

khumbahadur khadka sent to jail for corruption part-2

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More