September 19, 2011

Earthquake in Nepal-नेपाल मा भूकम्प आयो, फेरी आउन सक्छ, आउदा क्यार्ने त ?

भूकम्पीय जोखिम मा रहेका मुलुक हरुमध्य नेपाल पानि पर्ने खबर सबै लाइ सर्बबिधित छ हिजो बौदिक माफिया को यसघि को लेख लेख्दा लेख्दै आयो भूकम्प नेपालमा अनि गइयो ट्विटर मा र थालियो फेस बुक मा पनि अपडेट गर्न तेस्बाला को गन्थन तपाइले छुटाउनु भाथियो भने मुख्य कुरा यति थिए :
- नेपाल मा भूकम्प ६.८ रेक्टरस्केल को भूकम्प यसको केन्द्र बिन्दु सिक्किम र ताप्लेजुंग रहेको जानकारी - यो भूकम्प मुलुक को १९९० सालको विनासकारी भूकम्प पछि को शक्तिसाली भूकम्प
 - काठमाडौँ को बेलायती एम्बसी को पर्खाल भत्किदा ३ जान को मृत्यु
- एम्बेसी का सुरक्च्या गाड ले समय मा नै उद्दार गर्न स्थानीय बासीलाई रोक लगाएको कारण मृत्यु भएको स्थानीय बासीको आरोप मृत्यु हुने हरु मा मा ३६ वर्षका राजन श्रेष्ठ, ८ की अनीता श्रेष्ठ र १९ वीरबहादुर माली भएको पुस्टि
 - धरानमा पुरानो घर भत्किदा२ जना को मृत्यु मृत्यु
 - तत्काल को जानकारी अनुसार ५ को मृत्यु ४४ घाइते , ५८ घर भत्किए को - खादबारी मा ३० प्रतिसत पुराना घर भत्किएको समाचार , धरान धनकुटा सडक खण्ड मा पहिरो गइ सडक खण्ड जाम
 - संबिधान सभा को बजेट पारित गर्ने सभा चली रहेको बेला भूकम्प आउदा सभासद हरु भागाभाग यस भूकम्प सम्बन्धी भिडिओ अपडेट हेर्न तल जानुहोस
 Part-1
 
Part-2
 
प्राकृतिक प्रकोप लाइ रोक्न त कसले सक्ला र ? तर यसबाट बच्न र जनधन को छेती कम गर्न भने सकिन्छ| हामीले सोच्नेनै बेला आएको छ घर अनि विभिन्न भवन हरु बनाउदा र विदेश मुलुक हरुले अघि सरेको[health and safety first]  स्वस्थ र सुरक्च्या प्रथम भन्ने  नारालाई अब हामीले समात्न पर्छ| पहिला भौतिक बस्तु , सम्पति हैन अब जीवन अनि स्वास्थ्य प्रथम मा राखेर दैनिक काम गर्ने बेलाएको छ |

संबिधान सभा चली रहेको बेला भूकम्प आउदा साभासाद हरुको भागाभाग

के गर्ने त भूकम्प जादा ?
तलको कार्टून भिडिओ हिन्दि मा भएपनि उपयोगी भएको ले राखिएको छ |

तयारि का केहि बिधि -->



सुरक्चित स्थान तिर जाने यसको पहिले नै मानसिक रुप मा तयारि भएर रहनु बेस 




आगलागी बाट बच्न पहिलो झट्का मा नै ग्यास , विधुतीय सामग्री हरु बन्द गर्ने 




अत्तालिएर नादौदिने अधिकांस दुर्घटना यसरि हुनेगर्छ 



भाग्न को लागि एउटा ढोका खुल्ला राख्ने 



घरबाहिर भए टाउको लाइ जोगाउने केहि कडा  बस्तु भए टाउको माथि राख्ने 




शपिंग महल हरु मा भए अधिकारिक सूचना लाई मान्दै तेही अनुसार कदम चल्ने 




सवारीसाधन मा भए निषेधित क्षेत्र मा नजाने देब्रे तर्फा साइड लगाएर सुरक्चित ठाउँ मा रोक्ने 




पहिरो , अनि लडिरहेका पर्खाल भवन हरुदेखी सावधानी पुर्बक सुरक्चित ठाउँ मा जाने 





भिड भाड मा हिडेर थोरै मात्र समान बोकेर निस्किने 





हल्ला खल्ला मा नलाग्ने सहि समाचार लिएर अधिकारिक रेडियो सुन्ने अनि तेही अनुसार गर्ने
-Photo Sources &  : National Society for Earthquake Technology(NEST) 

[भूकम्प आउनु आघि , आउदा  र जादा को तयारी को लागि पनि माथि को लिंक मा क्लिक गर्नुहोला  ]



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More