November 30, 2017

हिन्दू धर्ममा किन शवलाई जलाइन्छ ?

धेरै मित्रहरुलाई मलाइ जस्तै थाहा नहुन सक्छ किन हिन्दु धर्ममा सवलाइ जलाएर नस्ट गरिन्छ भन्ने यसै बिसयमा खोज गर्दा इन्टरनेटमा यस्तो जानकारी पाएँ ।  म जस्तै साथीहरुलाई जिज्ञासा मेट्न कामलाग्ने देखेर  यहाँ समेट्ने कोसिस गरेको छु ।

मुस्लिम तथा इसाई धर्ममा शव गाड्ने गरिन्छ भने हिन्दू धर्म मा शव जलाउने गरिन्छ ।
तर तपाईलाई जानकारी छ कि छैन आखिर हिन्दू धर्ममा किन शवलाई जलाइन्छ ? यसको पछाडि के मान्यता छ ? अंतिम संस्कार को प्रक्रिया हिन्दू धर्ममा १६संस्कार रहेका छन् । र, मृत्यु संस्कार अन्तिम संस्कार हो । अंतिम संस्कार अर्थात दाह संस्कार ।
दाह संस्कारमा मृत व्यक्तिको शरीरलाई उठाएर शमशान लगिन्छ र फेरि उक्त शवलाई विधि विधानका साथ अग्निदाह गरिने गरिन्छ । शवदाह पूरा भएसँगै मृतकको अस्थिलाई कुनै पवित्र नदीमा गाड्ने वा बगाउने गरिन्छ । आमरुपमा अस्थि गंगा मा बगाउनुलाई ज्यादा शुभ मानिन्छ ।
 दाह–संस्कारको कारण? वास्तवमा हिन्दू धर्म मा मृत्युलाई जीवन को अन्त्य मानिर्दन । एक जीवन समाप्त भएपछित्यस व्यक्ति को आत्मा उक्त शरीर बाट छुटेर कुनै नयाँ रूप तथा शरीरमा धारण हुन्छ या उसको मोक्ष हुन्छ भन्ने मान्यता छ । जस कारण दाह संस्कार को रिवाज गरिने गरिएको छ ।
शास्त्रमा वर्णन गरिए अनुसार जब सम्म मृत व्यक्तिको शरीरको अंतिम संस्कार गरिदैन तब सम्म उसलाई मोक्ष मिल्दैन । शास्त्रमा यो पनि लेखिएको छ कि मानव शरीर पञ्च तत्वबाट बनेको छ ।
पाच तत्व पृथ्वी, जल, अग्नि, वायु तथा आकाश रहेका छन् । धर्म शास्त्रका अनुसार मृत व्यक्तिको शरीरलाई जलाएपछि शरीर यी पाँच तत्वमा विलीन हुन जान्छ । र, आत्मालाई मुक्ति मिल्छ । Some Video Clips regarding Cremate of Hindus: 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More