May 19, 2017

चुनावमा जित्नेको भन्दा जम्मा गर्दा हार्नेहरुको बहुमत छ - जित्नेहरु उन्माद हैन संयमित बन- होस् समाल! काम गर्ने तिनै बहुमत संग हो !

चुनावमा भएका बिकृति र विसंगतिप्रति चेतना   आज जगन कार्कीको फेसबुक स्टेटस  बाट लिएका छौं 
>>
जनयुद्धकालमा चितवनको माडी काण्ड यात्रु बाहक बसमा बिभत्स आक्रमण मानव अधिकारको गम्भीर उलंघन भनिन्थ्यो अहिले सुन्दै छु त्यहि क्षेत्रमा माओबादीले स्थानिय तह चुनाव जितेका रहेछन् । बाबुरामको क्षेत्रमा कांग्रसले निर्धक्क चुनाव जित्ने भए ,बत्ति बालेर खोज्ने अवस्थाका सुर्य छापहरु फेरी उदाए - शान्ति प्रक्रिया र मेलमिलापको यो भन्दा राम्रो उद्धाहरण के होला ?

बिदेशी डलरे हरुको हाउगुजी मावअधिकार वालाले धेरै चिकेन चिल्ली खाए, डलर पचाए यो खेति अब बन्द गर्न सत्य निरुपणको औपचारिकता गर प्रचण्ड-देउवा | मुलुकलाइ पुराना तुस मेटेर दिगो शान्ति तिर लिएर जाउ |ओली कमरेडले पनि सिके राउत र विप्लवका कार्यकर्ता बढाउने खालका ल्यांग-ल्यांगे बार्गेनिङ्ग छोड्ने कि?
टाउकाको मूल्य तोक्ने र तोकिनेको टाउको जोडियो तर केहि भुतजीवीहरुको दिमागबाट युद्ध र हिम्सा मलजल गर्ने क्रियाकलाप गएको छैन । विडम्बना !
नोट : यति भन्दै गर्दा निर्दोषको ज्यान जानु जायज थियो भनिरहेको छैन ,हिम्सा र युद्धको कहिल्यै सपोर्ट गरेको र गर्ने छैन |
तर युद्ध बिबिध परिस्थिको उपज थियो गर्ने भन्दा गराउन मलजल र बाताबरण दिने अहिलेका ठुला पार्टी झन् दोषी छन् । जे भो दोषीले कारबाही भोगुन सक्ने ठाउमा मिलुन अब फेरी नेपाललाइ शान्ति क्षेत्र बनाउन सबैले पहल गरौँ ।
लोकतन्त्रको मापन अमुक पार्टीको हार-जितसंग मात्र गर्नेभन्दा खेलजस्तै हुनु पर्छ , नियम मानेर खेल्ने खेलाडीले राम्रो खेल्दा जित्ने हो | उन्नत लोकतन्त्रमा खेलको उदेस्य सौहार्दता , सद्भाव जगाउने हुनु पर्छ, यसका रेफ्रीरुपी संबैधानिक अंगहरुको निस्पक्ष हुन् ।
हार्नेले धुलो टकटक्याएर राम्रो खेल्ने प्रण , जित्नेले जितको उन्मादमा मात्तिएर हार्नेलाइ खिसी टिउरी भन्दा सद्भाव देखाउन सक्ने परिपाटी कम्तिमा हामीले सुरु गरौँ ।
 २२ भिरिंगी ३३ धातु विचार र पार्टी भएको देशमा सबै मिलाउंदा जित्नेको भन्दा बहुमत हार्नेहरुको हुन्छ जित्नेहरुले हेक्का राख्नु पर्यो !
जित्नेले उदार छाति देखाएर सबैलाई समेट्ने कर्तब्य हो ।
जे पायो त्यहि बोल्दै हिड्नु पनि अराजकता हो ।
लोकतन्त्रको दिगोपन बेगर सम्वृद्धि असम्भव छ दिगोपन ल्याउन हामीले उरन्ठेउलो मानसिकता त्याग गर्नपर्ने देखिन्छ ।
Facebook link of the writer : 
https://www.facebook.com/jaganbimal

Twitter link : @jaganbim

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More