March 8, 2013

आज अन्तरास्ट्रिय नारी दिवस: हिम्मत भए महिला हितका ठुलाठुला भासन हैन प्रधानन्यायधिसको साटो महिला प्रधानमन्त्री सिफारिस गर-सबैलाई मान्य हुनसक्छ

आज 100औ  अन्तरास्ट्रिय नारि दिवस (International Women's Day ) महिला अधिकार र हितका कुरा गर्दै संसारभर  मनाउने गरिन्छ यो पर्ब । 

बिशेषत: एसियाका विभिन्न देशहरुमा;  यसवर्षको बढ्दो महिला हिम्सा, दिल्लीमा भएको सामुहिक बलात्कारको घटना,पाकिस्तानमा सिक्च्याको लागि सेवा गर्ने महिला क्रुर  आक्रमणले बिसोब्यापी रुपमा चासो बढ्नु , महिलालाइ सार्बजनिक स्थानमा सुरक्च्याका सवालहरु आदि इत्यादीले  यस दिनको महत्वो झनै बढेर गएको छ ।
हाम्रो देशमा पनि यसबर्ष  महिला हिम्साका घटना उलेख्य मात्रामा बढेको देखियो । न्यायका लागी  महिलाहरु बालुवाटार घेराउ  गरिरहेको अवस्था छ ।

धेरै तन्त्र आए गए समाबेसी गणतन्त्रमा पनि  महिलाको पहुच जहाकोताही नै रहेको पाइन्छ अझ विमानस्थल मा एउटी महिला दुर्ब्यबहार को सिकार हुदा न्याय माग्न बालुवाटार घेर्नु पर्ने अवस्था आएको छ , कोहि राजि भएनन् महिला प्रधानमन्त्री , रास्ट्रपति बनाउन? खैर उल्लेख्य मात्रमा संबिधानसभामा उपस्थिति रहेपनि अवस्था रबर्कोछाप मै, शिर्ष नेताहरुको कठपुतली बनाएर    राखियो|  
देखाउनुस शिर्ष तहमा हुने एक बैठकमा कुनै महिलालाइ कुनै दलले स्थान दिएको ? अनि महिला अधिकारका कुरा गर्ने ?
आज महिला दिवश को दिन यी टाउके ले ठुला ठुला भासन गर्छन महिला अधिकारका  पाठ हामी सबै लाइ सिकौचन पत्रिका ले भंगेरा टाउके अछेर मा तिनकै समाचार छाप्चन ..
अब पुरुष नेत्रित्वो नै यो मुलुक मा असफल देखियो अहिले सम्म यिनैले हाके मुलुक , प्रधान न्यायाधिसले पनि चुनाव  गर्न नसक्ने जस्तो  अवस्था आयो कानुनी झन्झट , बाधा आयो ,सबैको लाज पनि  बच्ने  महिलालाइ प्रधानमन्त्री बनाइ दिए  बरु चुनाव गरेर यो देसको संकट  टारिदिन्थिये कि ? 
न्यायाधिस नै खोज्ने भए पनि सर्बोच्च  कि  न्यायाधिस सुशिला कार्कीलाइ प्रस्ताव गर्ने हिम्मत यी दलले गरे  कसो होला?  
प्रधान न्याधिस हुदैन भनेर बन्द गरि हिड्ने को पनि मुख मा बुजो लग्थियो नि ! 
सबै चेलीहरुलाइ यस दिनले पुरुषहरुले बिगारेकोय यो मुलुक  बनाउने उर्जा प्रदान गरोस नारिदिवशको  शुभकामना ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More