June 19, 2016

ज्यानमारा नक्कली डाक्टर समात्दा बिरोध गर्ने मेडिकल काउन्सिलको नियतके ? #iAmWithNepalPolice


जे गर्न पनि मिल्ने देश  हो नेपाल
यिनीहरुनै सर्वसाधारणको ज्यानसँग खेलबाड गर्ने अनि यिनीहरुलाई पक्रदा पनि आन्दोलन? आन्दोलन गरेर सेवा ठप्प पार्छ त्यसको अस्पताल सधैँको लागि ठप्प पार्नुपर्छ |

नक्कली डाक्टरलाई कारवाही गर्दा मेडीकल काउन्सीलले सहयोग गर्नु पर्ने ठाउँमा झन बिरोध गर्नु हत्यारा लाई बचाउन खोज्नु जस्तै हो त्यसैले मेडीकल काउन्सीलको  नियत के हो ? 
समाचार यस्तो छ ?
प्रहरीले दबंग शैलीमा डाक्टरहरुलाई पक्राउ गरेको भन्दै नेपाल चिकित्सक संघले विरोध गरेको छ । उसले भोलि गृहमन्त्री, गृहसचिवदेखि प्रहरी प्रमुखलाई विरोध पत्र बुझाउने तयारी गरेको छ ।
नक्कली डाक्टर भएको अभियोगमा प्रहरीले विभिन्न जिल्लाबाट चिकित्सकहरुलाई पक्राउ गरेपछि चिकित्सक संघले विरोध गरेको छ ।
यद्यपि उसले छानविनको नभई पक्राउ शैलीको विरोध गरेको बताएको छ । ‘विरामी बनेर टिकट काट्छ र डाक्टरलाई हतकडी लगाएर बाहिर ल्याउँछ’ महासचिव मुक्तिराम श्रेष्ठले  भने, ‘दबंग शैली अपनाइएको छ । यो प्रक्रियाको हामीले विरोध गरेका हौं।’
चिकित्सक संघले यसबारे धारणा तय गर्न दिउँसो बैठक समेत बोलाएको थियो । बैठकले प्रहरीको कारबाहीबारे नेपाल मेडिकल काउन्सिलको धारणा मागेको छ र भोलि सम्वद्ध निकायलाई विरोध पत्र दिने निर्णय गरेको छ ।
संघका सदस्य प्रकाश बुढाथोकीले भने, ‘छानविन गर्नु पर्ने निकाय मेडिकल काउन्सिल हो । उ चुप बसेको छ । र, प्रहरी नियमक र कार्यकान्वयन गर्ने जस्तो भएर दबंग शैलीमा पक्राउ गरेको छ । यसको हामीले विरोध गरेका छौं ।’

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More