June 25, 2016

पार्टी कार्यकर्तालाई खानेपिउने व्यवस्था नगरेको निहुमा कमल थापाले गरे एलडीओको सरुवा


शैलेन्द्र रोकाया
बझाङ । उपप्रधान तथा परराष्ट्र एवं स्थानीय विकास मन्त्री कमल थापा बझाङ् आउँदा भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानीय विकास अधिकारी (एलडीओ) आत्मराम सत्यालको सरुवा भएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी छँदा एलडीओ सरुवाले जिल्ला विकासको काम प्रभावित हुने भएको छ ।  

असार ४ गते पार्टीको कामकोे शिलशिलामा मन्त्री थापा बझाङ् पुगेका थिए । मन्त्री आउँदा उहाँको स्वागतमा जिल्ला भरबाट आएका नेता तथा कार्यकर्तालाई होटल वासको व्यवस्था नगरेको र आफुलाई भेटघाट नगरेको  भन्दै थापाका  स्वकीय सचिव दामोदर वाग्लेले जिल्ला विकास समितिका कर्मचारीको साँतो लिएका थिए । उनले ठाडै एलडिओलाई तिम्रो २४ घण्टा भित्रै सरुवा गरि दिन्छु भनेर झोंकिएका थिए ।
उनले तथानाम गाली गरेको कर्मचारीहरुले बताएका छन् । नभन्दै २४ घण्टामा एलडीओको सरुवा भएको छ ।  उपप्रधान मन्त्रीले जिल्ला विकास समितिको निरिक्षण गर्दा सत्यालको कार्यशैली चित्त नबुझेकोले सचिवलाई सरुवाको निर्देशन दिएको मन्त्री थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए । हाम्राकुराबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More