April 21, 2016

'श्रीमान घर चलाउनुहुन्छ,म जिल्ला चलाउँछु' नेपालको एकमात्र महिला सिडिओ इन्दु घिमिरे


महिला सामाजिक र रास्ट्रका ठुला पद सम्हाल्ने दृष्टिले ७२ साल राम्रो मान्नु पर्दछ । रास्ट्रपति , सभामुख , सर्बोच्चको प्रधानन्यायधिस सबै महिला छन् । अरुका चर्चा धेरै भएका छन् यहाँ नेपालकी एकमात्र महिला  सीडीओ सापका कुरा समेट्ने प्रयास गरेका छौँ ।

७५ जिल्लाका सिडिओमध्ये इन्दु घिमिरे एक मात्र महिला सिडिओ हुन् । स्याङजामा एकबर्ष सफलतापूर्वक काम गरेपछि गुहमन्त्रालयले उनलाई कपिलबस्तुको सिडिओको रुपमा जिम्मेवारी दिएको छ । नायव सुव्बाबाट २०५४ सालमा निजामती सेवामा प्रवेश गरेकी उनी २०७१ मा सहसचिव भएकी हुन् । उनै घिमिरेलाई ८ प्रश्न 
सिडिओका रुपमा कार्य गर्दा अनुभव कस्तो भइरहेको छ ?
मैले आफूलाई कहिल्यै पनि आफू महिला भनेर अनुभव गर्दिन । कुर्सीमा बसेपछि म महिला हो कि पुरुष हो भन्ने थाहा हुदैन । मलाई आफ्नो कार्यक्षेत्रको मात्र अनुभव हुन्छ । त्यसकारण त्यस्तो विशेष अनुभव केही छैन ।
महिला सिडिओका रुपमा काम गर्दाका केही रमाईलो अनुभव छन कि ?
स्याङजामा काम गर्दा मोबाइल फोन आउथ्यो,उठाएपछि सिडिओसाब हुनुहुन्छ भनेर सोध्थे । मैले हुनुहुन्न १० मिनेटपछि गर्नुहोला भन्थें । १० मिनेटपछि फेरि फोन आउँथ्यो, म नै फोन उठाउँथें । पछि भेट्न आउँदा महिला सिडिओ देखेर छक्क पर्थे । यस्ता धेरै घटना भए ।
जिल्लाको नेतृत्वसँगै परिवारको नेतृत्व पनि लैजानुपर्ने वाध्यता होला नि ?
त्यस्तो समस्या छैन । मेरो श्रीमान र दुई बच्चा छन् । बच्चाहरु हुर्किसकेका छन् । यसकारण परिवारको नेतृत्व सम्हाल्नुपर्ने अवस्था छैन । अफिसमै ढुक्कसँग काम गर्न पाएको छु ।
श्रीमान के गर्नुहुन्छ ?
उहाँ परिवार हेर्नुहुन्छ ।
बिहे कहिले  गर्नुभयो ?
एसएलसी दिएलगत्तै एसएलसी परीक्षा दिएर रिजल्ट आउनुअघि बिहे भयो ।
प्रेम विवाह हो ?
होइन,एरेन्ज म्यारिज नै हो ।
सरकारी जागिर खाने सानैदेखिको इच्छा हो ?
यस्तो इच्छा पनि थिएन । कलेजमा मेरो राम्रो पर्फमेन्स थियो. । एमबीए पढ्ने बेला नासुको विज्ञापन खुलेको थियो । परीक्षा दिए पास भए,त्यसपछि यतै लागियो । २०५४ सालमा नासुमा नाम निकालेको २०५६ मा अधिकृत भएँ । २०६५ मा उपसचिव र २०७१ मा सहसचिव भएको हुँ ।
फुर्सदमा के गर्न रमाउनुहुन्छ ?
फुर्सद नै हुदैन । कामसम्वन्धी पुस्तक पढ्न मन पर्छ । आध्यात्मिक अध्ययनमा पनि रुचि छ ।दृष्टि साप्ताहिकबाट

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More