March 27, 2016

भुटान,बंगलादेश,भारतका नेताको नाम पर्दा नेपाली नेताको नाम अटाएन संसारका महाननेताको लिस्टमा



Fortune पत्रिकाका अनुसार विश्वका ५० महान नेतामा जर्मनीकी चान्सलर एंगेला मर्केल, वर्माकी नेतृ आङ सान सू ची देखि भारतका अरविन्द केजरिवाल र भूटानका प्रधानमन्त्री छिरिङ तोग्बेसम्म छन् ।
‘फर्च्यून’ले ‘महान नेता’ को पहिलो नम्बरमा अमेरिकी कम्पनी अमेज़नका कार्यकारी अध्यक्ष जेफ़ बेज़ोसलाई राखेको छ । उनले यौनिक अल्पसंख्यकहरुका लागि इन्डियाना राज्यको कानून परिवर्तन गराउन सफल भएकोे, कम्पनीले दिने पारिश्रमिकमा लैंगिक विभेद अन्त्य गरेको जस्ता कार्यहरु‘फर्च्यून’ले उल्लेख गरेको छ ।

जर्मनी की चान्सलर एंगेला मर्केल दोस्रो स्थानमा छिन् भने म्यान्मारमा सैन्य शासन अन्त्य गर्दै ५० वर्षमा पहिलो पटक गैर सैनिक राष्ट्रपति चयनका लागि आम निर्वाचन गराउन सफल भएको भन्दै म्यान्मारकी नेतृ आङ सान सू चीलाई तेस्रो स्थान दिइएको छ ।

यो सूचीमा १० औं नम्बरमा बांग्लादेशकी प्रधानमन्त्री शेख हसिन छिन् भने दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालको नाम ४२ औं स्थानमा छ ।
त्यसैगरी भूटानका प्रधानमन्त्री छिरिङ तोग्बे सूचीको अन्तिम ५० औं स्थानमा छन् ।हिमालखबर बाट

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More