March 9, 2016

ठग्न पाइएन भनेर प्रहरीछापाको बिरोधमा मेनपावर बन्द- सधैं बन्द होस् ,सरकारले पठाउने व्यवस्था गरोस!


बिक्रिती रोक भनेर प्रहरीले ठगीको सप्रमाण छापा मार्दा प्रहरिको रवैया सुधार्नु पर्ने रे ? सरकारको घुसखोरी बैदेशिक विभागले हेर्नुपर्ने रे ? अघि बढ नेपाल प्रहरी , सर्बेन्द्र खनाल सर खाडी मलेसियामा बेचिएका जनता र तिनको परिवारको आसिक र नेपालीको साथ् छ । अब सबै मेनपावर बन्द गरेर सरकारले आफ्नै निकयबाट विदेश पठाओस । 
प्रहरीले छापा मारेको विरोधमा विगत ४ दिनदेखि देशभरका ७ सय ५४ म्यानपावर कम्पनीहरु बन्द छन्
प्रहरी छापाको विरोधमा व्यवसायीहरुले आइतबारदेखि सम्पूर्ण म्यानपावर व्यवसायी कम्पनीहरु बन्द गर्दा दैनिक विदेशीने नेपाली कामदारको संख्यामा नै कमी आएको छ तर, पनि म्यानपावर कम्पनीहरु सञ्चालन गर्ने बारे व्यवसायी र सरकारबीच कुनै सहमति हुन सकेको छैन।
म्यानपावर व्यवसायी कम्पनीहरु बन्दका अलावा मलेसियाले अघोषित रुपमा नै नेपाली कामदार नलिनु पनि विदेशीने कामदारको संख्यामा कमी आउनुको कारण हो। 
नेपालीका लागि रोजगारीको पहिलो गन्तव्य मलेसियामा श्रम बजारका लागि वार्षिक तयार हुने ५ लाख युवा मध्ये २ लाख कामदार जाने गरेको तथ्यांक छ। नेपाली श्रम बजारमा आउने वार्षिक कामदारको करिब ४५ प्रतिशत हो।
म्यानपावर व्यवसायीहरुले कुनै गल्ति गरेको भए वैदेशिक रोजगार व्यवसायी संघले कारवाही गर्नु पर्ने हो,' संघका अध्यक्ष विमल ढकालले भने, 'प्रहरीले मनलाग्दी हस्तक्षेप गर्ने हो भने व्यवसाय गर्ने अवस्था नै रहँदैन।'
म्यानपावर व्यवसायीलाई जथाभावि प्रहरीले छापा मारेर दुःख दिनु नहुने, व्यवसयीले लिने सेवा शुल्क वृद्धि गरिनु पर्ने तथा दक्षिण एसियाली मुलुकहरुको सेवा शुल्कको अध्ययन गरी कायम गरिनुपर्नेजस्ता माग पनि आफूहरुले श्रम मन्त्रालयसमक्ष राखेको अध्यक्ष ढकालको भनाई छ। 'म्यानपावर व्यवसाय बन्द हुँदा विदेश जाने तयारीमा रहेका युवालाई मर्का पर्छ भन्ने कुरामा व्यवसायीले मात्रै एक पक्षीय रुपमा जिम्मेवार बनेर पुग्दैन,' उनले भने, 'प्रहरी प्रशासनले पनि आफ्नो रवैयामा सुधार ल्याउनु पर्छ, सरकारले पनि जिम्मेवार बन्नु पर्छ।'
पछिल्लो समय नेपालमा मेलेसियालगायत खाडीमा जाने कामदारलाई फ्रि भिसा फ्रि टिकटको व्यवस्था सरकारले लागू गरेपछि त्यसको विरोध व्यवसायीहरुले गर्दै आएका थिए।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More