January 8, 2016

जिवन उपयोगी चाणाक्य निती - जानिराखे राम्रो

चाणक्य अर्थशास्त्री एवं कूटनीतिज्ञ क्षेत्रका सर्वश्रेष्ठ व्यक्तित्वका रुपमा परिचित छन् । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ । यस अर्थ थाहापाई राखौं उनका केही जीवनउपयोगी भनाईहरुः

१. साथी भाईको परिक्षा संकटमा हुन्छ र श्रीमतीको परिक्षा धन नष्ट भएको बेलामा हुन्छ ।
२. कहिल्यै पनि आफ्नो राजको कुरा अरुलाई भन्नु हुँदैन । आफ्नो राज गर्ने तरिका अरुलाई भन्दा आफू बर्बादीमा परिन्छ ।
३. सबै भन्दा ठूलो कष्ट पराई घरमा बस्नु हो ।
४. कोही पनि व्यक्ति धेरै इमान्दार बन्नु हुँदैन । जंगलमा सबै भन्दा पहिला सिधा रुख काट्छन् । सबै भन्दा इमान्दार मान्छेले सबै भन्दा धेरै कष्ट उठाउनु पर्छ ।
५. हरेक मित्रताको पछाडी केही न केही स्वार्थ लुकेको हुन्छ । दुनियाँमा कोही पनि त्यस्तो व्यक्ति छैन जसको पछाडि स्वार्थ छिपेको नहोस् । यो तितो सत्य हो । तर सत्य यही हो ।
६.यदि कुनै सर्प विषालु छैन भने पनि उसले फँडा फिजाउन छाड्दैन । त्यसै गरि कोही व्यक्ति कमजोर छ भनेपनि उसले शक्तिशाली जस्तै व्यवहार प्रदर्शन गर्नु पर्दछ ।
७. धन धेरै दुःखपछि मात्र प्राप्त हुन्छ । की त आफ्नो धर्म, इनाम छाडेपछि बल्ल मिल्छ कि त दुश्मनको चाप्लुसी गरेपछि मिल्छ । तर यस्तो धन कहिल्यै स्वीकार गर्नु हुँदैन ।
८. जे चिज बित्यो त्यो बित्यो, यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढ्नुपर्छ ।खबर  डबलीबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More