May 20, 2015

भूकम्पको डर हटाउने केही तरिका -Very useful information to share

मनोचिकित्सक रचना शर्मा बस्नेत।

भूकम्पको डर हटाउने केही तरिका 

१. भूइँचालो बाहेक अरु कुरामा ध्यान दिने।

२. सानो वा ठूलो जुनसुकै भएपनि अरुलाई सहयोग गर्ने।

३.भूकम्प आउनुभन्दा अघिको जीवनलाई निरन्तरता दिन कोशिस गर्ने

४. दिनभरि घर या पालमा बस्नुभन्दा बाहिर घुम्न निस्कने

५. आफूभन्दा पनि डराएका मानिसलाई नडराउन सान्त्वना दिने। एकअर्काको डर व्यक्त गर्ने र सामान्य बन्न कोशिस गर्ने

आफू घर वा कार्यालयमा एक्लै भएको अवस्थामा के गर्ने भन्नेमा पनि उनको निम्न सुझाव छ- 

१. लामो श्वास प्रश्वासको कोशिस गर्ने।

२. आफूलाई रमाईलो लाग्ने कुरा गर्ने

३. आवाज निकालेर भगवान वा (आफूलाई मनपर्ने मानिसको नाम लिने)

डाक्टर बस्नेतले डराएका बच्चालाई बढी ख्याल गर्नुपर्ने सुझाव पनि दिएकी छन्। ‘बच्चाहरु ठूला मानिसलाई देखेर डराउन सक्छन तर डरलाई नियन्त्रण गर्न भने उनीहरू आफै जान्दैनन,’ उनले भनिन्,‘त्यसैले बच्चाहरुको विषेश ख्याल गर्नुपर्छ।’

उनले बच्चाहरुलाई डर नलागोस् भनेर अभिभावकले यस्ता उपाय अपनाउन भनेकी छन्ः

१. बच्चाहरुसँगै बस्ने

२. बच्चाहरुलाई ध्वस्त भएका घर र दुर्घटनाबारे दिइएका (टिभि)सामाग्री नदेखाउने

३. बच्चासँगै गीतगाउने नाच्ने र खेल खेल्ने

४. बच्चाको अघि नडराउने

भूकम्प आफ्नो बसभन्दा बाहिरको कुरा भएकोले त्यसलाई लिएर चिन्तित नहुन बस्नेतले सुझाव दिएकी छन्।

‘भूकम्प हाम्रो नियन्त्रणमा छैन, आफू सतर्क बसौँ, अनावश्यक रुपमा नडराउँ।’

तर भूकम्पको डर झन् झन् बढ्न थाल्यो भने गम्भीर हुनुपर्ने उनको सुझाव छ। यस्ता लक्षण देखा परे भने तुरुन्तै मनोचिकित्सककोमा जानुपर्ने उनले बताइन्ः

१. खान मन नलाग्ने

२.सुत्न नसक्ने

३.छटपटी हुने

४.आफ्नो धनजनको क्षति भएको छैन र सुरक्षित ठाउँमा पनि डर लागिरहदाँ

५.डरले आत्महत्या गर्ने सोच आयो भने

जति नै डर लागे पनि आफ्नो डर लुकाउने भने गर्न नहुने डाक्टरको सल्लाह छ। आफूलाई निडर घोषित गर्न खोज्दा समस्या झन् बल्झिन्छ। त्यसैले बढी नै डर लागे मनोचिकित्सक कहाँ परामर्श लिन गैहाल्नुपर्छ। Written by Shobha Sharma extracted From http://setopati.com/samaj/28368/ 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More