May 6, 2015

नेपालीपन-पालेकोजनावर पनि परिवारसरह-७२ घण्टा पछि जिउदै उद्दार गरिएको भाग्यमानी कुकुर रिकी

महाभूकम्पको ७२ घण्टापछि घरपालुवा कुकुर ‘रिंकी’ लाई स्थानीयले जीवितै उद्धार गरेका छन्। 
कीर्तिपुर–१५, चारघरेमा जमुना राउतले पालेको रिंकीलाई स्थानीयले भत्केको घरको खाटमुनिबाट मंगलबार दिउँसो उद्धार गरेका थिए।

वैशाख १२ गतेको भूकम्पपछि ७२ घण्टा (तीन दिन) सम्म ठूलो भूकम्प आउँछ भन्ने आशंकामा रिंकीको उद्धार हुन सकेको थिएन। भूकम्प गए लगत्तैदेखि उनीहरू घरभित्र परेकाहरूको उद्धारमा जुटेका थिए। चारघरे कीर्तिपुरको पाँगा र टौदहको बीचतिर पर्छ।
धुलो र माटोसहित उद्धार भएपछि रिंकीको व्यवहार पहिलेजस्तै सामान्य छ। उद्धारलगत्तै ऊसँग बालबालिका रमाउँदै खेलेका थिए। कुकुरसँग खेल्दै गरेकी ४ वर्षीया अन्सु बुढाथोकी र रिंकीको घर नजिकै छ।



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More