March 18, 2015

उपत्यकामा प्लास्टिक झोलामा प्रतिबन्ध-say no to plastic bag- let's save saveenvironment and money.



सरकारले आउँदो नयाँ वर्षदेखि उपत्यकामा प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने संकल्प गरेको छ। 'सर्वसाधारण, नागरिक समाज, उद्योगीलगायत सबैले यो कुरा बुझ्न जरूरी छ प्लास्टिकलाई नियन्त्रण मात्र गर्न सके उपत्यकाको फोहोरमा धेरै नियन्त्रण हुन्छ

सरकारले वैशाख १ देखि काठमाडौं उपत्यकालाई प्लास्टिकको झोला मुक्त क्षेत्र बनाउन लागेको हो। सचिव पौडेलले विश्वमा बढी फोहोर हुने सहरको नाम लिँदा काठमाडौंको पनि नाम आउँदा लाज हुने बताए। उनले भने, 'काठमाडौंलाई अब सफा नबनाउने हो भने पछि निकै गाह्रो हुनेछ।'



संसदीय समितिले भदौमा नै उपत्यकामा प्लास्टिक प्रयोगमा रोक लगाउन स्विकृति दिइसकेको प्लास्टिकको झोलाले वातावरण प्रदूषण गरेकाले 'पर्दैन, मसँग आफ्नै झोला छ' भन्ने अभियान चलाइरहेका युवा हार्दिक सुवेदीले लामो समयदेखिको प्रयास सफल हुन लागेको बताए।


उनले भने, 'हामी यो अभियानमा २०१३ को नोभेम्बरदेखि लागेका छौं। यसमा करिब दुई हजार युवा संलग्न छन् र हामीले प्लास्टिक झोलाविरूद्ध ९१ हजारभन्दा बढीको हस्ताक्षर बटुलेका छौं।' उनको संस्थाले मन्त्रालयलाई पनि दबाब दिँदै आइरहेको थियो 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More