January 28, 2015

ट्वीटरमा अब ग्रुप च्याट,भिडियो सेयर तथा सम्पादन गर्न मिल्ने-with video

सामाजिक सञ्जाल ट्वीटरमा अब ग्रुप च्याट गर्न मिल्ने भएको छ । ट्वीटरले मंगलबार ग्रुप च्याट गर्न मिल्ने नयाँ सुविधा सुरु गरेको हो । यस्तै आफ्नो ३० सेकेन्ड सम्मको  भिडियो सेयर तथा सम्पादन गर्न सक्ने सुविधान पनि सुरु गरेको छ ।



अब ट्वीटरमा धेरै फलोअरसँग सन्देश साटासाट गर्न सकिने छ । यसरी सन्देश साटासाट गर्ने समूहमा रहेकाले एक अर्कालाई फलो नगरेपनि सन्देश साटासाट गर्न मिल्छ । वाट्स एप्स तथा लाइन जस्ता म्यासेजिङ एप्सले दिँदै आएको गु्रप च्याटको सुविधा ट्वीटरमा पनि हुनुपर्ने माग पछिल्लो समय बढेको थियो ।

ट्वीटरले गएको नोभेम्बरमा पहिलो पटक भिडियो राख्न मिल्ने सुविधाका बारेमा योजना बनाएको थियो । नयाँ सुविधा अनुसार अब प्रयोगकर्ताले ट्वीटर एप्समा रहेको क्यामरा बटनबाट ३० सेकेन्डसम्मको भिडियो राख्न, सेयर गर्न र सम्पादन गर्न सक्नेछन् । For more detail go to Twitterblog
Video about Twitter group chat and Video Share

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More