January 21, 2015

संबिधान दिननसक्ने नेपालको सेतो हात्ती संविधानसभा-अध्यक्षदेखि सभासद्सम्मको मासिक तलब विवरण

मुलुक रोग, भोक , गरिबीले आक्रान्त छ  तर समाधान भनिएको छ संबिधान अनि संबिधानसभा नाटक मन्चन भएकोछ संबिधानसभाका नाममा पहिलो संबिधान सभामा अरबौ रकम उड्यो अब फेरी त्यहि नाममा उडिरहेको छ |
संबिधान  बनेन हुदाहुदै हाम्रै भोटले संबिधान बनाउने आदेश लिएर गएको , हामीले तिरेको करको  तिरो खाएर सभासद पालिएको छ अब हाम्रै राष्ट्रिय सम्पति तोडफोडमा लागेका सभासद र कहिल्यै देशलाइ केहि  नदिने देश र जनताबाट लिन मात्र खोज्ने धमिरा जस्ता हाम्रा गरबि र अभाव बेची खाने  नेपालका  नेत्रित्वोसग हामि संविधानको आस गरेका छौ   किनकि  हामि महान नेपाली जनता हौ जे पनि  टुलुटुलु  हेर्दियो सामाजिक संजालमा करायो  बस भयो ।
लौ हेर्नुस संबिधान सभाले  देशको ढुकुटी कति रित्याएको रहेछ यदि यो रकम जनताका समस्या समाधान गर्न लगाइएको भए धेरै समस्या कम गर्न सकिन्थ्य्यो ।

जनता खान, लाउन नपाएर मरेकाछन् यहाँ तर हेर्नुस संबिधान सभाका नाममा यसरि अरबौ रकम उडेको छ
संविधानसभा अध्यक्षदेखि सभासद्सम्मको मासिक तलब विवरण
अध्यक्ष, सभामुख – २, ४४,९००।
उपाध्यक्ष, उपसभामुख – १,७८,८६५।
विपक्षी दलका नेता – १,६७,५४३।
मुख्य सचेतक – १,५२,२९३।
विपक्षी दलको प्रमुख, सचेतक÷सत्ता पक्षको,
सचेतक÷समितिका सभापति – १,२९,८१३।
संसद्/संविधान सभा सदस्य – ८०,६२८।

संविधानसभामा सभामुखका लागि मासिक
तलबदेखि निजी सचिवालयसम्मको विभिन्न शीर्षकमा वार्षिक
२९ लाख ३८ हजार ८ सय रुपैँया खर्च हुन्छ । जसमा पानी,
बिजुली, बिलअनुसार भुक्तानी दिइन्छ भने पेट्रोल मासिक २ सय
५० लिटर र मोबिल त्रैमासिक १० लिटर पनि पाउँछन् ।

संविधानसभामा उपसभामुखका लागि पनि तलबभत्तासहित विभिन्न शीर्षकमा वार्षिक २१ लाख ४६ हजार ३ सय ८० खर्च हुन्छ ।
योबाहेक पनि उपसभामुखलाई इन्धन मासिक रूपमा २ सय लिटर उपलब्ध हुनेछ भने मोविल ५ लिटर ।

संविधानसभामा विपक्षी दलको नेताका लागि वार्षिक २० लाख १० हजार ५ सय १६ रुपैँया खर्च हुन्छ भने मुख्य
सचेतकका लागि १८ लाख ४५ हजार ६ सय ९६ रुपियाँ खर्च हुन्छ ।

साथै विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र विभिन्न समितिका सदस्यहरू हरेकलाई वार्षिक १५ लाख ५७ हजार ७ सय ५६ रुपैया खर्च हुन्छ ।

पहिलो संविधानसभाबाट चार वर्षमा अर्बौ रुपैँया खर्चेर पनि संविधान जारी गर्न नसकेका नेताहरु फेरी कुरा मिलेन भन्दै नाटक गर्दै आफ्नो तलब , भत्ता  जागिर जोगाउन तोड्फोड, बितण्डा गर्दै संबिधान नलेख्ने खेलमा लागि परेका छन्  हामिमहान नेपाली जनता येही सुन्दै हेर्दै दङ्ग छौ

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More