November 20, 2014

शरीर हेरेर पत्ता लगाउनुस नारी र पुरुषको स्वोभाव-Body structure can give you the character of people- information in Nepali

नारी र पुरुषको स्वभाव, शारीरिक बनावट, हाउभाउ जस्ता धेरै कुरामा फरक पाइन्छ । पौराणिक ग्रन्थहरुमा पनि यी दुइबीच भिन्नता रहेको उल्लेख छ । पौराणिक ग्रन्थ अनुसार नारि र पुरुषको स्वभाव, शारीरिक बनावट, हाउभाउ अनुसार ४ भागमा बर्गिकरण गरिएको पाइन्छ । अब पहिले हामी नारी चरित्रको बारेमा केहि कुरा जानिराखौं :

नारीहरुलाइ पौराणिक ग्रन्थ अनुसार ४ भागमा बिभाजन गरेर उनीहरुको चरित्र मुल्यांकन गरेको पाइन्छ जस्तै : पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको छ ।
पद्यमिनीको लक्षण:


पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेकेा नाक, हरिणकाजस्ता चञ्चल नेत्र, स्तन पुष्ट र ठाडा-ठाडा अर्थात श्रीफल जस्तै हुन्छन् । तिनको पुष्पझैं अंग हुने, कपाल काला चिल्ला र आँखा लामा हुन्छन् । आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर, कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी, दानी र उत्तम स्वभावका नारी पद्यनिी कहिन्छन् । उनीहरु देव, ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् । उनीहरु थोरै नै समागमले सन्तुष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन् ।

चित्रिनीको लक्षण:

चित्रिनी चरित्रका नारीहरुका सबै अंग कोमल र राम्रा हुन्छन् । न बढी अग्ली न धेरै पुड्की, पातलो सलक्क परेको शरीर हुन्छ ।स्तन ठूला भएकी, सुगाको जस्तै नाक र ठूला चंचल नेत्र भएकी, सुवर्णको जस्तै देहको रंग भएकी, उछिट्टएिका ओठ र शंखजस्तै घाटी भएकी, हाँसझगै हिडाइ र मीठो वाणी बोल्ने भएकी, बेलको फल जस्तै कठोर स्तन भएकी, कपालको केश काला र लामा भएकी, नाच-गान जान्ने र मन पराउने स्त्रीलाई चित्रिणी भन्छन् ।लोभ नभएकी दानी सुशीला, सत्य र प्रिय बोल्ने, दया र क्षमाले युक्त तथा धर्मकर्मको चेष्टा भएकी एवं देवता, ब्राहृमण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन डुलाउने, आफ्नै पतिसँग पनि बढी सम्भोग गर्नुभन्दा आलिंगन, चुम्बन र मर्दन आदि मन पराउने, मोटा-मोटा तिघ्रा भएकी, मीठो-मीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्र-बस्त्र रुचाउने हुन्छन् ।

शंखिनीको लक्षण:

शंखिनी स्त्रीहरुका शरीरको मध्यभाग केही बढी लामो हुन्छ । यिनीहरुको विशाल नेत्र हुन्छ र शीलवती हुन्छन् । घाँटीमा त्रिवली रेखा, मसिनु बोली, जुनबेला पनि समागमको इच्छा राख्ने, त्यही विषयको कुरा गरिरहने, रातो वस्त्र रुचाउने, शीघ्र क्रोधित हुने, शरीरका नसाहरु स्पष्ट देखिने, आफ्ना पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने, सदा अर्काकै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोही निकै राम्री वा कोही कुरुप पनि हुन्छन् ।पित्त प्रकृतिका, ठीक्कको आहारा भएका, गर्दभझैं बाणी-कर्ण-कटु हुने एवं कपटी र पापी विचार भएका स्त्री शंखिनी कहिन्छन् ।

हस्तिनीको लक्षण :

गाला, निधार, कान र नाकका प्वाल ठूलो भएका, तिघ्रा र पाखुरा सानो तथा मोटो भएका, आँखा राता-राता र विशाल, कपालका रौं खस्रा, कैला र मोटा, नाकका पोरा फुकेका, केही बाँगिएको घाँटी र फालीजस्ता दाँत, हात्तीको जस्तै चर्को बोली भएकी, शरीरबाट विचित्र प्रकारको गन्ध आउने, पर-पुरुषसँग सम्भोगको मौका खोजिरहने, ठूलो नितम्ब हुने, कर्कशा, धेरै रिसाहा, औलाहरु बांगा-टिंगा भएको र डल्लो-मोटो तिघ्रा भएको, रजमा हात्तीको मदझैं गन्ध आउने, देवता, बाहृमण, गुरु आदिमा पनि अश्रद्धा राख्ने, निकै प्रचण्ड स्वभाव भएकी र दण्डद्वारा नै बशमा राख्न बाध्य हुनुपर्ने, जसलाई पनि डर-भय नमानी मनपरी बोल्न अघि सर्ने स्त्रीलाई हस्तिनी भन्दछन् ।

नारि जस्तै पुरुषलाई पनि ४ भागमा बिभाजन गरेर उनीहरुको चरित्र निर्धारण गरिएको छ |

‘शश’ पुरुष:

शश जातिका पुरुषको ठूलो निधार, सफा लुगा लगाउने, विशाल नेत्र, पंक्ति मिलेका सफा दाँत, नरम कपाल, कोमल बाहु, हातपाउ तिघ्रा अलि पातला हुने, चराझैं थोरै भोजन गर्ने, स्वच्छता र पवित्रता मन पराउने, प्रशस्त धनी, सम्मान पाउने, सदैव प्रसन्न मद्रामा रहने, शरीरमा उत्तम लक्षणहरु भएको, सत्यवक्ता, ब्राम्हण र गुरुको सेवा गर्ने, परोपकारमा चित्त लगाउने, परस्त्रीलाई मातासमान ठान्ने र मनमा कुनै प्रकारको पनि पापी विचार नभएका हुन्छन् ।

मृग पुरुषः

मृग जातिको पुरुषको कमलझैं विशाल नेत्र, बुद्धि चंचल, राम्रो शरीर, छिटो-छिटो, मृगको जस्तै चंचल नेत्र भएको, बढी भोगेच्छा भएको, उत्तम बस्त्र धारण गर्ने, कोमल अंग भएको, बलियो शरीर र प्रसन्न मुद्रामा रहने, कुलदेवता वा गुरुमा श्रद्धा राख्ने, धार्मिक चर्चा वा कथा पुराण सुन्न मनपराउने अतिथि सेवामा तत्पर रहने तथा परोपकारी एवं दयालु स्वभाव भएको इत्यादि मृग पुरुषका लक्षणहरु मानिएका छन् ।

बृष पुरुष:

बृष जातिका पुरुषको ठूलो शिर, शरीर, हृष्ठपुष्ट, बलवान, घाँटी कान मोटो, निधारमा बढी रैां भएको, लाम्चो र ठूल-ठूला नेत्र, विशाल बाहु, कमलझैं नेत्र, सत्वगुण प्रधान, स-साना खुट्टा, बढी लाज नमान्ने, सिंहजस्तै हिँडाइ, मीठो र कोमल वाणी, अनेक कष्ट सहन सक्ने, स्त्रीलाई देख्नासाथ प्रसन्न भएर रतिरागमा नडराउने, अल्छी, बढी सुतिरहने, त्यति भोक लाग्ने, शील र गुण सम्पन्न बृष जातिका पुरुष हुन्छन् । बृष जातिका पुरुष त्यागी, दाता, लाज नमान्न स्वभावका हुन्छन् । यो जातिको व्यक्ति युवा र बूढो उमेरमा सुखी हुनेछ । यसको अंगमा बढी बोसो हुन्छ ।

अश्र पुरुष:अश्र जातिका पुरुषको लामो कान, मोटो ओठ, कालो र अग्लो देह, डराउने र सदैव नजाति काम मात्र गरिरहने, लामो घाँटी मास्तिर जुरुक्क उठेका कपाल, लामा र मोटा बाहु , बाटुलो तिघ्रा, राम्रा औंला र नङ, अरुको निन्दा गर्ने, हीनबुद्धि, अधर्मी, चञ्चल नेत्र, अल्छी, निकै गम्भीर अर्थ भएको वाक्य बोल्ने, बृष जातिका पुरुषको नाक, कान, ओठ, घाँटी, दाँत आदि बाङ्गा र ठूला हुन्छन् । यिनीहरु प्रौढा स्त्रीको बढी इच्छा गर्ने स्वभावका हुन्छन् । अश्र जातिका पुरुषहरु छिटो-छिटो हिँड्ने र मीठो एवं नम्र वाणी बोल्ने अनि मोटो तिघ्रा र ठूलो पेट निस्केका हुन्छन् ।
-स्रोत नेपाली पत्र

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More