October 2, 2014

Hats off to Bimala Tamang for the First medal to Nepal-दशैंको उपहार-रास्ट्रलाइ पदक दिने चेलीलाइ एक सलाम !

एसियन गेममा झन्डा र टोपी मात्र देखाएर पदक रहित भएर लाज्स्पद भएर घर फर्किन लागेको नेपाल खेलकुद टोलिलाइ कास्यपदक हात पर्दिएर मुलुकको नाक थमिदियेकी छिन् यी चेलीले ।


कराँतेको महिला एकल कातामा विमला तामाङले सत्रौं एशियाडमा मुलुकलाई पहिलो पदक दिलाएकी हुन् । १३ दिनको प्रतिक्षापछि नेपालले यो पहिलो पदक प्राप्त गरेको हो ।

सेमिफाइनलमा भियतनामकी खेलाडी नाम गुयोनसंग पराजित भएपछि उनले काश्यपदक भिडन्त पक्का गरेकी थिइन् । सो स्पर्धामा उत्तर कोरियाली जुइ काङलाई ५-० ले पराजित गर्दै मुलुकलाई एशियाडबाट रित्तो हात घर फकिर्नबाट जोगाएकी छन् ।

विमला खेलाडी सूचीमा रहेको कुरा कोरियामा आएर मात्र थाहा भएको थियो । उनले पहिलो खेलमा पाकिस्तानी सोम कुललाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सो स्पर्धामा उनले ४ का बिरुद्ध १ ले आफ्नो पक्षमा पारेकी थिइन् ।

दशैंको बेला छ मुलुक चाडबाडमय भएको छ सबै सब्दका शुभकामना कागज अनि बिध्युतिय भित्ताहरुमा लेखेर आदान प्रदान गरिरहेका छन्  यी चेली मुलुक को लागि अहोरात्र खटेर दिएकी छन् मुलुक र देशबाशीलाइ  पदक । 
गणेश थापा जस्ता भ्रस्टहरु नेपाली खेलकुद छेत्रको ठेकेदारी लिएर नबसेका भए नेपालीहरुले  आज यसरि एउटा कास्य पदकमा मन बुझाउने बिलौना गाउनु पर्ने थिएन कि ? खैर ठुलाठुला कुरा ठुलाबडा जानुन हाम्रो एक सलाम , अनि साधुबाद चेली बिमला तामांगलाइ |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More