September 14, 2014

नुनका फाइदा- salt is not for taste but it is useful too.

भान्साघरमा नियमित प्रयोग हुने नुनले खानाको स्वाद बढाउँछ भन्ने मात्र हामीलाई थाहा छ । तर, नुनका अरू फाइदा पनि छन् ।
कपडाको दाग हटाउन 
कपडामा वाइनलगायत पदार्थ पोखिएर दाग लागेको छ भने दाग लागेको ठाउँमा केही बेर नुन राख्नाले दाग धमिलो बन्छ । त्यस्तै पसिनाले कपडा पहेँलो भएको छ भने एक कप मनतातो पानीमा एक चम्चा नुन हालेर दागमा ब्रसले घोट्नाले दाग हराउँछ ।
मौरीले टोकेमा
मौरीले टोकेमा पहिले खिल निकाल्ने र नुनपानीको पेस्ट बनाएर टोकेको ठाउँमा दल्ने । पेस्टलाई एकछिन सुक्न दिने । नुनको पेस्टले विष सोस्ने काम गर्छ ।
कफीको स्वाद कायम राख्न
कफीको मात्रा बढी भएमा अथवा कफी बढी उम्लिएमा यसको स्वाद अलिक कडा, तीतो र नमीठो खालको हुन्छ । त्यसैले कफी पकाउने वेलामा एक चिम्टी नुन हालेमा कफीको स्वाद बदलिँदैन । साथै, कफी कपडामा पोखिएर दाग लागेको छ भने नुनपानीले रगडेमा दाग जान्छ ।
अन्डा जाँच्न
अन्डा फ्रेस छ–छैन भन्ने थाहा पाउन नुन उपयोगी हुन्छ । यसका लागि भाँडामा चिसो पानी र दुई–तीन चम्चा नुन हाल्ने । यदि अन्डा पानीमा पूरै डुब्यो भने अन्डा फ्रेस छ भन्ने बुझ्दा हुन्छ । यदि डुबेन भने अन्डा खराब छ भन्ने जान्दा हुन्छ ।
सलादलाई फ्रेस राख्न
खाना खानुअगावै हामी सलाद काट्ने गर्छौँ । तर, खाने वेलामा सलाद ओइलेजस्तो भइसकेको हुन्छ । यदि सलाद काटेर त्यसमाथि नुन छर्किने हो भने सलाद निकै बेरसम्म फ्रेस देखिन्छ, साथै स्वादिलो पनि हुन्छ ।
जुत्ताको गन्ध हटाउन
जुत्ता, मोजा गनाएर दिक्क बनाएको छ भने जुत्तामा अलिकति नुन छर्किनाले गन्ध हराउँछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More