July 21, 2014

benefits of eating green chillies-हरियो खुर्सानी खानुको फाइदा

हरियो खुर्सानीको प्रयोगबाट हुने फाइदाजनक उपाय थाहा पाउनुहोस्

१. मोटोपन कम गर्छ
हरियो खुर्सानीमा क्यालरी नहुने भएकोले मोटोपना भएका मानिसहरुलाई मोटोपन कम गर्न यस्को प्रयोगले निकै मद्दत गर्छ ।

२. क्यान्सरको जोखिम कम गर्छ
पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने भएकोले एक शोधका अनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा एउटा त्यस्तो तत्व पाइन्छ जसको प्रयोग गर्नाले क्यानसरको जोखिमलाई समेत कम गर्ने काम गर्दछ ।

३. जवान राख्छ
हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुन्छ । जस कारण यसमा पाइने प्राकृतिक तेलले तपाईको छालालाई नरम बनाइ राखी छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न समेत मद्दत गर्दछ ।

४. छालाको संक्रमण
हरियो खुर्सानीमा पाइने एन्टिब्याटरियल तत्वले तपाईंको छालामा हुने सक्ने संक्रमणबाट पनि बचाउने गर्दछ ।

५. मधुमेहको खतराबाट बच्न
हरियो खुर्सानी खानाले रगतमा सुगर लेभललाई पनि कन्ट्रोल गर्ने गर्दछ । खानालाई पचाउन पनि यस खुर्सानीमा पाइने फाइबरले मद्दत गर्दछ ।

६. हड्डीलाई बलियो बनाउन
हरियो खुर्सानीमा पाइने आइरनले हड्डीलाई मजबुत बनाउने काम गर्दछ । साथै यसको सेवले रगत पनि बढाउन मद्दत गर्दछ ।

७. रोग प्रतिरोधात्मक क्षमता बढाउने
हरियो खुर्सानीको प्रयोगले प्रतिरोधात्मक क्षमतालाई बढाउने र शरीरलाई आवश्यक पर्ने भिटामिन सि समेत यसको प्रयोगले पाउन सकिन्छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More