June 2, 2014

दुलही ‘कुमारी’ हो कि होइन बिहे पछि थाहा पाइन्छ त ?


धेरै मानिसलाई कौतुहल्ता भएको बिषय हुन सक्छ बिहे अघि भएको यौन सम्बन्ध बिहे पछि थाहा पाउछन् नि नाई भन्ने कुरा । महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुनत आफूले विवाह गर्न लागेकी दुलही ‘कुमारी’ हो कि होइन भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ, तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन। कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा राम्रोसँग विकास नै नभएको हुनसक्छ ।

प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीमा शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कने खालको हुन्छ। यस्तो स्थितिमा कतिपयको महिलाको यौनसम्पर्क राखिसकेपछि पनि सो पातलो झिल्ली नच्यातिएको अवस्थामा हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ।


देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रस्तै पाइन्छन्, तर उनीहरूले जहिले पनि पहिलो यौनसम्पर्क राखेको माने पनि वास्तविकतामा त्यस्तो नभएको हुनसक्छ। पहिलोपल्ट सम्पर्क हुँदैछ भन्ने भान पार्न अभिनयका लागि विशेष तालिम नै दिइन्छ भने अर्कातिर भिक्टोरियन अवधिमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म पनि भेटिएका छन्। यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यतया पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको निश्चित रूपमा थाहा पाउन सक्दैनन्। त्यसैले यौनसम्पर्क राखेको थाहा पाउला भन्ने कारणले आएका विवाहका सबै प्रस्ताव स्वीकार गर्न हुन्छ वा विवाह गर्नु हुँदैन भन्ने छैन।


समाधान के हुनसक्छ ?

सम्बन्ध चाहेअनुरूप अघि बढ्न सकेन भन्दैमा त्यसैमा अल्भिmएर बस्नु आवश्यक छैन। त्यसलाई बिर्सिएर अघि बढ्नु बुद्धिमानी हुन्छ। थाहा पाउला भनेर विवाह गर्नबाट भाग्नु हुँदैन। सबैभन्दा पहिले भावी श्रीमान्ले थाहा पाउलान् कि भन्ने भयबाट निस्कनुपर्छ।


तपाईंका तथाकथित प्रेमीले तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा कति छ भन्ने कुरामा एकपल्ट विचार पुर्‍याउनुपर्ने हुन्छ


प्रत्येक व्यक्तिले आफ्नो यौनसम्पर्क राख्ने वा नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ। तपाइंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवन यापन गरिरहेका छन् ।


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More