June 2, 2014

जन्मेको महिनाबाट थाहा पाउनुस भविष्य

ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस् ।


- बैशाख महिना= बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।


- जेठ महिना= जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।


- असार महिना= यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।

- साउन= साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।

- भदौ= भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् ।

- असोज= यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।

- कार्तिक= यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।

- मंसिर= यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

- पुस= यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।


- माघ= यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।

- फागुन महिना= यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।

- चैत= यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More