May 5, 2014

लामो आयुसम्म जीवित रहन चाहनु हुन्छ ?

महाभारतको अनुसार एक समय दुर्योधनको पिता धृतराष्ट्रले विदुरसँग सोधे कि जब भगवानले सबै मानिसको उमेर १०० बर्ष निर्धारण गरे तर किन मानिस सो समयसम्म बच्न सक्दैनन् ? यो प्रश्नको उत्तरमा महाज्ञानी विदुरले जो जवाफ दिए, उक्त कुरा आजको समयमा पनि अति उपयोगी छ । उक्त समय विदुरद्वारा भनिएको कुरा आज पनि मानिसमा लागु भएको छ । यदि तपाइँ पनि आफ्नो लामो आयुसम्म जीवित रहन चाहनु हुन्छ भने विदुरद्वारा भनिएको निम्न कुराहरु सधा ध्यान राख्नुहोस् ।


ज्यादा बोल्नु -
जो मानिस व्यर्थमा बोल्ने गर्छन् । जे कुरामा पनि बहश गरिरहन्छन् । मौन धारण कहिल्यै गर्दैनन्, उनीहरुको मृत्यु पनि छिट्टै हुने गर्दछ । बढी बोल्दा हामीलाई स्वस्थ राख्ने शारीरिक ऊर्जाको नाश हुने गर्दछ । जसको कारण मानिस छिट्टै मर्ने गर्दछन् ।


अति अहंकार- 
विदुरले धृतराष्ट्रसँग भने कि यदि कोई अत्यन्त अहंकारी छ भने यो निश्चित छ कि उ १०० बर्षसम्म जीवित रहन सक्दैन । अहंकार व्यक्तिले पुण्यलाई नाश गर्छ अनि शारीरिक रूपबाट कमजोर बनाउछ । अहंकारी व्यक्तिले राम्रा र नराम्रा पहिचान गर्नै सक्दैनन् ।

अधिक क्रोध- 
हामी सबै जान्दछौ कि क्रोध मानिसको सबै भन्दा ठुलो सत्रु हो । क्रोधको वशमा परि हामी कयौं पटक गलत काम गर्ने गर्दछौं, जसको कारण भविष्यमा हानि भोग्नु पर्दछ । क्रोध कै कारण हाम्रो शारीरिक ऊर्जा पनि अधिक मात्रामा नाश हुने गर्दछ । जस्को कारण व्यक्तिको उमेरमा कमी आउने गर्दछ । अधिक क्रोध गर्ने मानिस कम उमेरमै रोगको सिकारमा पर्ने गर्दछ ।

मित्रहरुलाई धोका दिनु पनि मृत्युको कारण- 
जो मानिस आफ्नो घनिष्ट मित्रहरुलाई धोका दिंदै आफ्नो स्वार्थको लागि काम गर्दछ उ कहिले पनि राम्रो पत्र बन्न सक्दैन, जसले आफ्नो घनिष्ट मित्रहरुलाई धोका दिन्छ उ कुनै पनि भयंकर खतरामा फस्न सक्छ अनि उक्त समय उसको मद्धत गर्ने कोहि पनि हुँदैन । जब कुनै व्यक्तिले कसैलाई धोका दिन्छ ति मान्छेले उसलाई सधा नकरात्मक दृष्टिले हेर्ने गर्दछन् तब सबैले उसलाई विश्वास गर्न छाड्छन् । यस्तो परिस्थितिमा मानिस सबै भन्दा कम्जोर हुने गर्दछ ।

मोह राख्नु - 
जो मानिस भौतिक सुख-सुविधाको अत्याधिक मोह राख्ने खालको हुन्छ उ कमजोर बन्छ, त्यस्ता मानिस शारीरिक श्रम गर्नबाट पछी हट्छन्, त्यस्ता मानिसले आफ्नै शरीरलाई अल्छी बनाउने गर्छन्, उ शारीरिक तन्दुरुस्तीको अभावमा कम उमेरमै रोगी भएर छिट्टै मृत्युको सिकार बन्ने गर्दछ । मानिस शारीरिक अभ्यास र निरन्तर श्रमको कारण स्वस्थ बन्छ भन्ने कुरा बैज्ञानिक युगमा पनि प्रमाणित भएको कुरा हो ।

स्वार्थी बन्नु- 
जो मानिस स्वार्थी हुन्छन्, तिनीहरु सिर्फ आफ्नो स्वार्थको पूर्ति गर्नको लागि मात्र गर्ने गर्दछन्, उनीहरू पनि अधिक उमेरसम्म जीवित हुँदैनन् । यस्तो मानिसहरु मानसिक विकृति बाट ग्रसित हुने गर्दछन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More