December 9, 2013

How to make chicken chilly nepali recepe- चिकेन चिल्ली बनाउने विधि

चाहिने समाग्रीहरुः छाला काढेको कुखुराको मासु ६०० ग्रा। अण्डा — १ वटा मैदा — ३० ग्राम मकैको पीठो — १५ ग्राम नुन — स्वाद अनुसार तेल — १÷२ लिटर अदुवा र लसुनको पेष्ट — २ चम्चा भेडे खुर्सानी — २०० ग्राम प्याज — १५० ग्राम हरियो खुर्सानी काटेको — ४ वा ५ वटा ससको लागिः तेल — १५ मीली लिटर लसुन पेष्ट — २ चम्चा भीनेगर — १ चम्चा खुर्सानीको रातो धुलो — १ चम्चा सोया सस — १ चम्चा नुन — स्वाद अनुसार मरिचको धुलो — १ चम्चा टमाटो केचप —स्वाद अनुसार पानी — १०० मीली 

बनाउने विधि

पहिला कुखुराको मासु मनपर्ने आकारमा काट्ने र एउटा भाँडोमा राख्नुहोस । त्यसमा अण्डा, मैदा, मकैको पीठो र नुन राखेर मोल्नुहोस् । राम्ररी मोलिसकेपछि कराईमा तेल तताउनुहोस् । तेल तातीसकेपछि सुनौलो रंग आउने गरि राम्रोसंग मोलेको मासु फ्राइ गर्नुपर्छ । फ्राइ गरिसकेपछि एउटा भाँडोमा राख्नुहोस् । राम्रोसंग तेल तताउने र तताइसकेपछि अदुवा, लसुनको पेष्ट र प्याजलाई फ्राइ पनि गर्नुहोस् । फ्राइ गरेको भाँडोमा ग्रीन चिल्ली राख्ने र राम्ररी टुक्रा पारेको भेडे खुर्सानी पनि राख्नुहोस् । त्यसपछि हट सस राख्ने र सुनौलो रंग आउनेगरी फ्राइ गरेको कुखुराको मासु राखेर केही मिनेटसम्म चलाउनु पर्दछ । यति गरेपछि चिकेन चिल्ली खानकालागि तयार हुन्छ ।तपाई मज्जाले खान सक्नुहुनेछ् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More