February 14, 2014

धनी कसरी बन्ने ? How to become rich?


भिखारी त्यो बन्ने हो जसले भिखारीको जस्तो विचार राख्छ । बारम्बार असफलताको कथा दोहोर्याउछ र सफल बन्ने आट गर्दैन । जो मानिस मनमा अविश्वास पाल्दछ । लर्खराउदै हिड्छ । उ कसरी विजेता हुनसक्छ ? याद राख्नुस्, समृद्धितर्फ आफ्नो पैतला बढाउने साहसी हरूले नै धन कुम्ल्याउने हो ।


कुबेरको अक्षय भण्डार कहा छ ?
तपाईको मनमा ।
कारूको खजाना कहा छ ?
तपाईको मनमा ।
सुन र रत्नको खानी कहा छ ?
तपाईकै अन्तस्कणमा ।

आफ्नो विचारलाई बदल्नुस् । उठ्नेबस्ने, खाने पिउने, रहन सहनको ढंग बदल्नुस् । गरिबीमा बस्न नमान्नुस् । समृद्ध बन्न के गर्नुपर्छ, योजना बनाउनुस् । आफ्नो पुरै शक्ति र योजना त्यो काम सफल गर्नमा लगाउनुस् । तब संसारको कुनै शक्तिले तपाईलाई धनी बन्नबाट रोक्न सक्दैन ।

ईश्वरको यही आज्ञा छ कि तपाईको विचार ठूलो होस्, तपाईको कामना श्रोष्ठ होस्, तपाईको महत्वकांक्षा महान् होस् । भाग्य नामको कुनै शक्ति छैन जसले तपाईलाई दरिद्र राख्न सकोस् । ईश्वरको आज्ञा पालन गर्नुस् ।

उठ्नुस्, अब ढिलो नगर्नुस् । दुनियाँ तपाईकै हो, यसलाई आफ्नो अनुकूल बनाउनु तपाईकै काम हो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More