August 6, 2013

How to make khasiko sekuwa-mutton barbique-लौ यसरि खसीको सेकुवा बनाउने विधि

आवश्यक सामग्रीहरु एक किलो हड्डी नभएको खसीको मासु, एक ,एक चम्चा लसुन र अदुवाको पेस्ट, एक चम्चा गरम मसला, एक ,एक चम्चा धनियाँ र जीराको धूलो, सुकेको रातो खुर्सानीको धूलो दुई चम्चा, दुई चम्चा खाने तेल, चारदेखि पाँच चम्चा रम, नुन स्वादअनुसार ।

बनाउने विधि

शुरुमा खसीको मासुलाई सानो चौकोर टुक्रामा काट्ने र खलमा प्रत्येक टुक्रालाई एकपटक हल्कासँग कुट्नुहोस् । खल नभएको खण्डमा सिलौटामा पनि कुट्न सक्नुहुनेछ । अब त्यसरी कुटिएको मासुमा माथि उल्लेखित सबै मसला हालेर कम्तीमा दुई घण्टा त्यसै छाडिदिनुहोस् । त्यसपछि झीरमा मासुका टुक्राहरू उनेर कोइलाको रापमा कम्तीमा पनि छ इन्चको दूरीबाट बिस्तारै सेक्दै जानुहोस। मासु राम्रोसँग पाकेपछि प्याजको रिंग र कागतीको टुक्राले सजाएर चिउरासँग साँझको स्न्याक्सका रूपमा सर्व गर्नेुक्नुहुनेछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More