June 19, 2013

लौ अब हुदाहुदै हामी दुधसंग पनि रोग किनिरहेका रहेछौ, दिशामा पाइने जीवाणु दुधमा भेटियो, दुध १० मिनेट सम्म उमालेर मात्र खानु पर्ने भो

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले आज भक्तपुर डेरीमा सिलबन्दी गरेको छ । बिभागले गत साता गरेको परीक्षणमा यो डेरीको दूधमा दिसामा पाइने जीवाणु कोलिर्फम भेटिएको थियो ।

बिभागले गरेको परीक्षणमा खरिपाटी डेरी, सैँजु डेरीको अमृत र कान्तिपुर ब्राण्ड, भक्तपुर डेरी बीडीपीएल ब्राण्ड र सञ्जिवनी डेरीको सञ्जिवनी दुधमा यस्ता जीवाणु भेटिएको थियो ।

बिभागले सोमबार बिज्ञप्ती जारी गर्दै यी ब्राण्डका दूध उपभोग नगर्न आग्रह गरेको छ ।


जीवाणु मिसिएको दूध बेच्ने खरिपाटी डेरीमा सोमबार सिलबन्दी गर्न पुगेको टोलीमाथि आक्रमण भएको थियो । बिभागको टोलीले आज जीवाणु भेटिएको सबै डेरीमा सिल गर्ने भएको छ ।

भक्तपुरको औद्योगिक क्षेत्रमा रहेका भक्तपुर डेरीको दूधमा प्रतिमिलिटर दुई हजार चारसय वटा कोलिर्फम भेटिएको बिभागले जनाएको छ ।

'कोलिर्फमले नै रोग लगाउँछ भनेर भन्न सकिन्नँ,' सूक्ष्मजीव विज्ञान विशेषज्ञ एवं राष्ट्रिय योजना आयोगका सदस्य प्रा। शिवकुमार राईले भने, 'तर कोलिर्फम छ भन्नुको अर्थ दूध प्रदूषित छ र रोग उत्पन्न गर्न सक्ने जीवाणु हुन सक्छ भन्ने हो । त्यस्तो दूध उपयोग गर्दा कुनै पनि बेला झाडापखाला, आउँ, जन्डिस, टाइफाइडलगायत पानीजन्य रोग महामारीको रूपमा फैलिन सक्ने सूचकसमेत हो ।'

दिसामा पाइने जीवाणु 'कोलिर्फम' भएको दूध कम्तीमा १० मिनेट नउमाली पिए झाडापखाला, आऊँ, जन्डिस, टाइफाइडलगायत रोग लाग्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

कोलिर्फम जीवाणु (ब्याक्टेरिया) समूह हो । यो मान्छे र जनावरको ठूलो आन्द्रामा पाइन्छ । फिक्कल कोलिर्फम मानिसको दिसामा पाइने इकोलाई नाउँ गरेको जीवाणु हो ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More