May 12, 2013

लौ अब खाना पकाउने ग्यासको लागि कार्ड बनाउने बेला भएछ है, पछि सिलिन्डर नपाइएला !


लौ अब घरमा प्रयोग गर्ने ग्यार रातो सिलिन्डर  र ब्यबसायिक प्रयोग गर्ने  निलो सिलिन्डर को लागि कार्ड बनाउन पर्ने भएछ  कारण रातो सिलिन्डरमा सरकारले सहुलियत दिने भएकोले हो ।   

एल.पी. ग्यासमा घाटा बेहोर्दै आएको नेपाल आयल निगमले घाटा कम गर्न र ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन दूईथरि मूल्यका रातो र नीलो रङका सिलिण्डर प्रयोगमा ल्याउँदैछ । निगमले व्यावसायिक प्रयोजनका लागि नीलो र घरायसी प्रयोजनका लागि रातो सिलिण्डर प्रयोगमा ल्याउने भएको छ । सरकारले रातो रङको सिलिण्डरमा सहुलियत दिने र नीलो रङको सिलिण्डर परल मूल्यमा बिक्री गर्ने योजना बनाएको छ ।
निगमले छिटो भन्दा छिटो नजिकको डिलरमा गएर कार्ड लिन उपभोक्ताहरुलाई आग्रह गरेको छ ।

 असार १ गतेदेखि कार्ड नलिई ग्यास खरिद गर्न आउने उपभोक्ता एवं व्यवसायीलाई ग्यास बिक्री नगर्ने बताइएको छ । 

अहिले ग्यास उद्योग र ग्यास विक्रेताहरुले उपभोक्तालाई कार्ड वितरण गर्ने काम धमाधम गरिरहेका छन् । निगमले मापदण्ड पूरा गरी प्रमाणित भएका ग्याँस बिक्रेताहरुलाई मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको छ । यसैवीच नेपाल आयल निगम, आपूर्ति, वितरण तथा एभिएशन विभागले ग्यास उपभोक्ताहरुले समयमै आफ्नो नजिकको ग्यास बिक्रेताकहाँ गएर ग्यास कार्ड बनाउन उर्दी गरेको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More