May 10, 2013

बुद्ध नेपालमा जन्मिएका हुन् भनेर बिश्वोमा चिनाउनु पर्ने,उल्टो नेपाल कै स्कुलमा पो पढाउदा रैछन भारतमा जन्मेको भनेर

दुनिया हल्ला खल्ला मच्चाएर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने संदेश दिने अभियान चलाउने हरुलाइ कस्तो मन दुख्दो हो यो समाचारले
बिश्वोलाइ बुद्ध नेपालमा जन्मिएका हुन् भनेर चिनाउने संदेश दिनपर्नेमा उल्टो नेपाल कै स्कुल हरुमा पढाइ भैरहेको रहेछ बुद्ध भारतमा जन्मेकाहुन् भनेर ।
हिमाल खबर(08/05/2013)मा छापिएको समाचार अनुसार पुस्तक खरिद बिक्रीमा निजि बिद्यालयले लिने मोटो कमिसन अनुसन्धान गर्ने क्रममा अभिभाबक संघले जनकपुरको मोनास्टिक उच्च माविमा बुद्धको जन्मस्थल भारतको उत्तरी राज्यमा भएको उल्लेख गरिएको पाइयेछ । 

अभिभावक संघ जनकपुरका अध्यक्ष उदयचन्द्र साहले जनकपुरका नीजि विद्यालयहरुमध्ये सबैभन्दा बढी छात्रछात्रा रहेको मोनाष्टिक आवासीय उच्च माविमा गलत सन्देशसहितको पाठ्यसामग्री फेला परेको परेको रहेछ 

भारतीय प्रकाशन समूह ‘सुल्तान चन्द’ को ‘सिम्फोनी इंग्लिश रिडर ४’ को पृष्ठ संख्या ३२ मा गौतम बुद्धको जन्मस्थल उत्तरी भारतको एक राज्यमा भएको उल्लेख गरिएको छ । 

भ्रम फैलाउने पुस्तक विद्यार्थीहरुलाई पढाइरहेको फेला परेपछि तात्कालै धनुषाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले उक्त पुस्तक तात्कालै पठनपाठन बन्द गर्न निर्देशन दिएछन् ।

नेपाल सरकारले पहिचान नै नगरेको भारतीय प्रकाशन समूहको ‘ओरिएन्टल ब्ल्याक स्वाम,’ ‘सुल्तान चन्द’ सहितका पुस्तक समेत विद्यालयमा पठनपाठन भईरहेको फेला परेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले कलिला बालबालिकालाई राष्ट्रिय हित बिपरित सन्देश सिकाउन लगाउने विद्यालयसित सोधपूछ गरेर कारबाही प्रकृया अगाडि बढाउने बताएका छन् ।

अब पाठ्य पुस्तक अनुमतिदिने निकाय हरुको मुख र आखा कमिसन र घुसले बन्द भएका होलान पुस्तक सामग्री कस्ता छन् एकपटक अभिभाबकहरुले आफै हेरम है। 

लौ होस् गरम है अंग्रेजी बिद्यालय पढाउने अभिभाबकहरुले बिद्यार्थीहरुले बोक्न नसक्नेगरि कमिसनको चक्करमा बोकाइएका भारीले बिद्यार्थीलाइ भरिया बनाउने अनि गलत शिक्च्या दिने तर फाइदा चै बिध्याको नाममा व्यापार गर्ने संचालकहरु , किताब खानाका साहुजीहरुले मात्र पो लिईरहेका छन् कि ?


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More