April 8, 2013

चुल्ठे,मुन्द्रेलाइ सर्बोच्चले बचायो- व्यक्तिगत स्वोतन्त्रताको हनन नगर्न नेपाल प्रहरीलाइ सर्बोच्चको आदेश

नेपालि प्रहरीले चुल्ठे मुन्द्रे हरुको खेदो खन्दै ब्यपक रुपमा चुल्ठेमुन्द्रेका चुल्ठी र मुन्द्री सफाया गर्ने भियान चलाएपछि चुल्ठे मुन्द्रे हरुले आफ्नो समूह नै बनाएर सर्बोच  अदालतमा नेपाली प्रहरीको यो अभियान बिरुद्ध मुद्दा हालेका थिए ।  उक्त कदमको विभिन्न समाजिक संजाल लगायत सर्बत्र पत्रपत्रिकामा चर्को बिरोध गरिएको थियो । 
सर्बोच्च अदालतले आइतबार  उक्त मुद्दाको सुनुवाई गर्दै  नेपाल  प्रहरीलाइ  अपराधको कुनै प्रमाण बिना कसैको लामो कपाल पाल्ने , आफ्नो इच्छा अनुसारको लुगा लगाउने  व्यक्तिगतस्वोतन्त्रता भएको र व्यक्तिगत स्वोतान्त्रता प्रति गम्भीर असर र हनन हुने उक्त अभियान तुरुन्त स्थगित गर्न सर्बोच्चका न्यायाधिस द्वय सुशिला   र कल्याण श्रेष्ठको इजलासले नेपाल प्रहरीका नाममा अन्तरिम आदेश जारि गरेको छ । 

कुनै पनि व्यक्तिले आफ्नु खुसिले लगाउने लुगा , कपडा , कपाल  पाल्नु , मुन्द्रा लगाउन उसको व्यक्तिगत स्वोतान्त्रता भएको र अपराध नियन्त्रण गर्ने नाम मा उनीहरुको व्यक्तिगत स्वोतान्त्रताको हनन गर्न नेपाल प्रहरीलाइ कानुनले छुट नदिएको कुरो सर्बोचले दिएपछि चुल्ठे मुन्द्रे देखि लोकतन्त्रमा व्यक्तिगत स्वोतान्त्रताको उपभोग गरेर स्वोतान्त्रता पुर्बक जिउने सबै लोकतन्त्रबादीहरु खुसि हुनु स्वोभाभिक हो तर नेपाल प्रहरी लाइ यो गैर कनुनी अभियान चलाउन दिने अधिकार चै कसले दियो ? 

अब उपरान्त  जग हसाउने यस्ता  अपरिपक्व  निर्णय गरि लोकतन्त्रको पहरेदार संस्था र जनता को रक्च्यक प्रहरी प्रसासन को दुरुपयोग  नगरियोस ।
 अपराध नियनंत्रण गर्ने नेपाल प्रहरीको प्रयास र हरेक कदम हरु पक्कै पनि सराहनीय छन् तर सफेद लुगा लगाएर प्रहरी प्रसासन , राजनीति र सरकारी ओहदा मा बसेर देश बर्बाद गर्ने  भुडी  ठुला भएकाहरु, अपाराध गरेर राजनीतिक सम्र्क्च्यन मा बसेका हरु   र  अकस्मात अकुत सम्पति कमाएर राता रात धनि भएका हरु खोजे र नियन्त्रण गर्ने काम अलिक तगडा संग गरिदिए बरु धेरै अपराध आफै ठिक भएर जाने थिए ।
यस सम्बन्धि सम्बन्धित् समाचार 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More