March 12, 2013

Women violance in Nepal increasing-किन सुरछित छैनन् नेपाली चेली आफ्नै घरमा पनि?

दैनिक यौन हिम्सा , बलात्कारजन्य घटनाको समाचार बढ्दो मात्रमा समाजमा देखिन थाल्यो । 
हुदाहुदा आफ्नै बाबु, हजुरबा , काका द्वारा बलात्कृत घटना हरु दैनिक सुनिन थालियो । 
देश यस्तो बिकराल अवस्थामा गुज्रिरहेको छ कि सरकारी कार्यालय, सार्बजनिक स्थल,  प्रसासन,  हुदै घरभित्र नै महिला हिम्साको सिकार हुने पर्ने अवस्था आए ।
रक्छ्यकहरु भक्च्यक भए , कानुन पालनगर्ने, गराउनेहरु उल्लङ्घनगर्न  उनमुक्ति दिन अग्रसर भए, कस्तो लोकतन्त्र आयो आयो ??

हजुरबुवा द्वारा नातिनी बलात्कृत भएको घटना सुन्न आइरहेका छन् ....आखिर किन घटिरहेका छन् यस्ता हिंस्रक , निन्दनीय घटनाहरु ?
मुख्य कारण त राज्यको  गैर जिम्मेवारीपन हिम्श्रक , बलात्कारीलाइ उन्मुक्ति कानुनले बाटो देखाएपनि कर्यनवेन नगर्दिने  बलात्कृत लाइ भन्दा बलात्कारीलाइ, पीडकलाइ   छुटाउन  राजनीतिक दलहरुको हानाथाप हुन्छ | 

- बलात्कार सम्बन्धि छुट्टै कानुन को अभाव र भएको मुलुकी कानुन पनि फितलो जसै मुलुकी ऐन मा उलेख भए अनुसार १० वर्षभन्दा मुनिका बालिका बलात्कृत भएमा १०-१५ वर्षसम्म कैद सजाय, १० माथि १४ वर्षभन्दा कम उमेरकी बालिका भए ८-१२ वर्ष कैद, १४ माथि १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६-१० वर्ष कैद, ६ माथि २० कम उमेरकी महिला भए ५-८ वर्षसम्म कैद, वर्ष माथिकी महिला भए ५-७ वर्ष कैद तोकेको छ भने लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेमा ३-६ महिनासम्म कैद सजायको व्यवस्था गरेको छ ।

बलात्कारीले हत्या गरे भन्द अबधि को सजाय पाउने पर्ने व्यवस्था गर्नु पर्ने देखिन्छ एक महिला बलित्क्रित हुदा समाज , आत्मा बल देखि लिएर हरेक क्षेत्र मा पटकपटक मरिरहेकी हुन्छे ।  
- चेतना र सिक्च्याको अभाव 

- महिला हकहितका ठुलाठुला कुरागर्नेहरु 5 तारे होटलमा चिकेन चिल्ली खाने तर गाउ घरका झुपडीमा गएर संदेश प्रबाह नगर्ने 

- रेडियो , टिभी सुन्ने फुर्सद छैन , सिच्यामा पहुच छैन दैनिक काम गरेर गुजारा चलाउनेलाइ हिम्सा बिरुदको आवाज पुर्याउन सकियेकोछैन 

- उल्लेख्य मात्रामा रहेका बिद्यालय सम्म पुग्न नसकेका बालबालिका , प्रौढहरु संग हिम्सा बिरुद्धका संदेश पुग्न सकिरहेको छैन |   

बाकि रहयो नेपालका बुद्धिजीवी , पढेलेखेका वर्गहरु फोकटका  सल्लाह, सुझाव पाठ सिकाउने आफ्नो तर्फ बाट समाज मा माक्खो  योगदान नगर्ने साना तिन काम गरेर योगदान हरुको पनि खैरो खाने प्रवृति को हावी भएको छ ।  समाज मा बलात्कृत महिला को भन्दा बलात्करी ले टाउको उठाएर  खुलेआम हिड्ने उल्टो प्रथा को हावी  भएको छ । 

यस्ता प्रवृतिलाइ  सुधार्न पहिला  अन्तर्मन देखि आफ्नै  नियति  सुधार्दै घर , समाज अनि राष्ट्रिय रुपमा यस्ता हिम्सालाइ कम गर्न सकिएला ।
आफ्नो गाउ, समाज र मुलुकमा यस्ता घिनलाग्दा घटनाले घटीरहदा,  चर्चा पाइरहद हामि   आफु चाही  बौद्धिक , सुकिलो , नेता , समाजसेवी  भएर नाक फुलाएर   हिडे पनि नाकको टुप्पोमा लागेको पहेलो चिज हेरेर देख्नेले पक्कै राम्रो नभन्ला । 
आउनुहोस अब महिला हिम्सा र बलात्कारका यस्ता निन्दनीय घटना प्रति कम्तिमा आफ्ना घर छिमेक सम्म सचेतना र सम्बन्धित निकायको ध्यान केन्द्रित गर्न आफ्नो आफ्नो स्थानबाट पहल गरौ र गर्ने सम्पूर्ण संस्था , संजाल हरुलाई आफ्नो आफ्नो ठाउँबाट समर्थन र साथ दियौ 
कृपया महिला हिम्सा बिरुद्द भरहेका , तपाइले गरिरहनु भएका आफ्ना कुनैपनि अभियान भए हामीलाई पनि समाबेश भएर प्रचार प्रसार गर्ने मौका दिनुहोला : info@khabardari.com or  Click here to send us msg in Facebook

सम्रिद्द नेपालका लागि   सचेतना, जागरण र खबरदारी  अभियान 


यस फाल्गुन महिना मा मात्र बलात्कार का घटनाको  कान्तिपुर दैनिकमा यस्तो  फेहरिस्त भेटियो 

1 प्रतिक्रिया हरु:

खबरदारी को यो आवाज सधै यसरि नै महिला हरुको समर्थनका लागी रहिरहोस ..सबै नारिहरुको समर्थन र साथ् रहने छ

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More