March 2, 2013

सबै चुल्ठे मुन्द्रेहरुमात्र अपराधी हुदैनन् भन्दै आज बसन्तपुरमा सांगीतिक चेतना सभा (with video)

प्रहरीको अपराध नियन्त्रण कार्यक्रम अन्तर्गत चुल्ठे मुन्द्रे अपरेसन अभियान बिरुद्ध कपाल पाल्ने र मुन्द्रा लगाउने सबै अपराधी हुँदैनन् भन्ने सन्देश दिने उद्देश्यले विभिन्न क्षेत्रमा कार्यरत युवाले आज राजधानीमा सांगीतिक कार्यक्रमको आयोजना गरे छन् । 


वसन्तपुरमा गरिएको कार्यक्रममा गायक–गायिकाहरुले कपाल पाल्ने सबैलाई अपराधको दृष्टिले नहेर्न प्रहरीसमक्ष आग्रह गरे । उनीहरुले कपाल काट्नमा लगानी गरौं, छोरा छोरीलाई विद्वान बनाऔ, 

प्रधानमन्त्रीको उम्मेदवारलाई तालु खुईल्याउनु पर्ने अरु कुनै योग्यता नचाहिने, नायक राजेश हमालको फिल्मी यात्रा धरापमा जस्ता सांकेतिक प्लेकार्ड प्रदर्शन गरेका थिए । सांगीतिक चेतना  कार्यक्रममा विभिन्न क्षेत्रका युवायुवतीको सहभागिता थियो ।


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More