March 1, 2013

Sarada Bhusal against Corruption in nepal-आउनुहोस समर्थन गरौ भ्रस्टाचार बिरुद्ध आमरण अनसन बसेकी यी नेपाली चेलीलाई

भ्रस्टाचार बिरुद्ध महोत्तरी जिल्लाको बनौली दनौली, लोहारपट्टी र सुन्दरपुरमा भएको अनियमितता छानबिनको माग राख्दै  काठमाडौँ रत्नपार्क शान्ति बाटिकामा आमरण अनसन बसेकी महोत्तरीकी साहसी नेपाली  शारदा भुसालको आज 8औ दिन पुगेको छ । 
Shradda Bhusal on fast onto death against corruption in nepal

महोत्तरी लगायात देशका सम्पूर्ण स्थानियानिकायामा भएका भ्रस्टाचार बिरुद्धका मुद्धाहरुमा छिटो भन्दा छिटो छानबिन प्रक्रिया र कारबाही  बढाउन  अधिकार सम्पन्न आयोग गठन र कनुनिप्रक्रियाको बन्दोबस्तीको माग  मागगर्दै उनि लगायतका केहि सहकर्मीहरु यस अभियानमा जुटेका रहेछन । 
 केहिदिन अगाडी अक्तियार दुरुपय्ग अनुसन्धान आयोग अगाडी धर्ना बस्ने,त्यस्तै  माइतिघर मण्डलामा  उनको योजनालाइ प्रहरीले  विफल बनाइदिएको थियो ।

हिजोआज नेपालका पुरुसहरु यस्ता अभियानमा केहि निस्क्रिय जस्तो देखिएको बेलामा  महिलाहरु कतै  बालुवाटार घेराउ सत्याग्रह , महिला हिम्सा बिरुद्ध प्रदर्शन हुदै अब भ्रस्टाचार बिरुद्धको यो अभियानमा भुसालले देखाएको साहसिक कदमकोलागि सबै देशप्रेमी भ्रस्टाचार बिरोधिहरुको एय्क्यबद्धता जरुरि छ ।

Doctors checking-Sarada Bhusal fasting onto death against corruption in Nepal

हुनत सस्तो लोकप्रियता र प्रचार को लागि विभिन्न हर्कत गर्ने काम भन्दा बढी कुरा र प्रचारबाजीले  बजारभाउपाएको  बेला कतिपय नेता, कलाकार, बरिस्टहरु यसो अनुहार  देखाएर , फोटा खिचाएर बाबुरामले मुस्तांग चढेको जस्तो ढोंग  पिट्न यस्ता अभियन्ता बनेर हिड्ने गरेको  पनि देखिन्छ । 

खैर कुरौटे , भ्रस्टचारी ,सद्यान्त्रकारी ,  तस्कर , माफिया हरुको पन्जामा परेर क्रमस उल्टो गतिमा हिड्न थालेको मुलुकलाइ यस्ता साहसी चेलीहरुको  कदमले पक्कैपनि सकारात्मक  बाटोमा ल्याउन मद्दत गर्नेछ  । 

सारदाको यस अभियानमा हामी सबैको साथ् , समर्थन अनि एक्यबद्दता जनाउन आफ्नो आफ्नो ठाउँबाट भ्रस्टाचार बिरुद्द आवाज उठाऔ ।
भ्रस्टाचार बिरुद्धका विभिन्न मुद्दा हरुलाई पोको पारेर थन्क्याएर बसेका सम्बन्धित निकाय  ठुला ठुला मुद्धा हरुमा सुस्त गतिमा कामगरेको झारो टार्ने काम गरिरहेको अक्तियार लाइ बिउझाउन अब सबै एकपटक उठ्ने पर्ने भएको छ के खुमबहादुर , जेपी गुप्ता र वाग्ले बाहेक अरुले भ्रस्टाचार गरेका छैनन् ??
 खै कहाँ गए शान्ति , संबिधानका नाममा भएका अरबौका मुद्दा ,क्यन्तोंमेंटमा भएका अनिमियतता , स्थानियानिकयामा भएका अनिमियतता  अनि  अरुका मुद्दाहरु ? आउनुहोस् अब सबै मिलेर सोधौ

फुर्सद भए जाऔ रत्नपार्क शान्तिबाटिकामा,  विभिन्न राजनीतिक, बिकाश, समाजसेवाका नाममा ब्यापार गरेर  भ्रस्ताचारलाइ मलजल गर्नेहरु बिरुद्द सबै मीलेर आवाज  उठाऔ  अबको हुने चुनावमा कम्तिमा भ्रस्टचारी फेरी मुन्टो उठाएर नआओस ....
आफैले लेखेको कविता बचान गर्दै भुसाल :
A poem: by Sarada Bhusal 



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More