March 8, 2018

नयाँ पिढीलाइ गाँजा, भांग खान सिकाउने, उक्साउने गाँजाको उत्सव बन्दै गरेको शिव रात्री


हामी केटाकेटी हुँदा धेरै महत्व हुदैन थियो शिव रात्रिको त्यसै पनि तराइमा शिव रात्रि भन्ने घरमा आमबुवाहरुले पुजाआजागर्ने तेसै सकिने गरेको याद छ । बिद्यालय पढ्ने उमेर र एसएलसी सम्म पनि मलाई  शिव रात्रिले छोएन कारण सुर्ती, चुरोट, रक्सि नखाने भएर होला ।  मोरंग हाम्रो गाउँघरतिर काठमाडौँमा जस्तो धुम धडाका शिवरात्रि मनाउने चलन छैन ।आजकाल गोपेश्वर शिव मन्दिर  बनेदेखि चहल पहल बढेको छ |
  जव  स्नातक पढ्न काठमाडौँ खाल्डो छिरियो अनि थाहा पाइयो शिव रात्रिको महिमा । गाँठे केटाकेटी बाटोमा डोरीले छेकेर आगो ताप्ने खर्च उठाउने ,रातभरि धुनी तापेर बस्ने देखि अघिलो दिन बेलुकी देखिने पशुपति घुम्न जाने खानेले गाँजा खाने, अनि जाँड रक्सि पार्टी दह्रो चल्छ । सायद सुनसान दशैं तिहार भन्दा बढी रमाइलो शिव रात्रीमा हुने गर्छ ।

आज शिवरात्रि  हिन्दुहरुको महान चाडमा थोरै धर्मकर्म र धेरै गाँजाखाने सुरले आएका भक्तजन र आसक्तजनहरुको पशुपतिनाथमा भिड बढेको सुनिन्छ देखिन्छ । बिदेशी मिडिया देखि नेपाली मिडिया साधु बाबाहरुको बहुरूप र गाँजा खाएको दृस्य कैद गर्न तल्लिन देखिन्छन । 

हिन्दु  शिवभक्तहरुले  सदिऔदेखि पुजागर्दै आएको आस्थाका आराध्यदेव शिवको यो पावन जन्मदिन शिवरात्रिलाइ गजेडी लफंगाहरुले गाजा, भांग, धतुरो खाने पर्वको रुपमा लिएर बद्नाम गराउने क्रम हिजो आज बढिरहेको छ ।

यस्ता क्रियाकलापले लोप हुदै  गएका हाम्रा संस्कृतिहरु अनि धर्मको तेजोबध गर्ने र बिश्व समुदायमा हिन्दुधर्मको  धज्जी ऊडाएको छ । गाजा, धतुरो, भांगलाइ अन्तरास्ट्रिय जगतमा हानिकारक  ड्रग्स अर्थात् नासालु पदार्थको रुपमा लिएर प्रतिबन्ध नै लगाइएको  पाइन्छ ।   
हाम्रो नेपालमा पनि यसको कारोबार गर्न कानुनले प्रतिबन्ध  लगाएको छ तर पनि खुलेआम यसको सेवन गर्ने र करोबार गर्नेहरु गाउसहर सबैतिर पाइन्छन अझ आज पशुपतिनाथ मन्दिरमा साधुबबाको भेसमा यसको कारोबार जतातै भाको हुन्छ । 

खाएर  लठहुनेहरु भने शिव भगवानको नाम बद्नाम गरिरहेका हुन्छन, चाडबाडको नाममा समाजमा दियिने  मौन सहमति र सिवको बुटी, प्रसाद  भनेर उक्साइदिने उक्साहटले  बर्सेनि कयौ नया युवाहरु यसको लतमा नजानिँदो तरिकाले  लागिरहेका हुन्छन।    
धर्मशास्त्रका पण्डितहरु कहिले कुनै शास्त्र,  कुनै ठाउमा शिवजीले प्रसादको रुपमा  गाँजा, धतुरो खानु  नभनेको र केहि गजेडी र आसक्तहरुले शिवको  बिराट स्वोरुपको गलत ब्याख्या गरेर समाजमा  बिकृति फैलाउने काम गरेको बताउछन् ।

बिशेष गरि समाजमा चिनिएकाहरुले  प्रतिष्ठित कहलिएका  गयाक , कलाकार हरुपनि  यस्ता क्रियाकलापमा देखापर्ने गरेकोले उनीहरुको सिको गर्दै नया पिढीहरु बिग्रिने क्रम बढेको नै छ ।  उक्साउने भए राम्रो काम गर्न उत्प्रेरणा जगाउ नभए समाजमा प्रतिष्ठित अनुहारहरु समाज  बिगार्ने भाड्ने काममा नलागेको बेस । 
। 
शिव रात्रिको विभिन्न आयाम र महिमाहरु छन् शिव पुराण र धर्म ग्रन्थ हरुमा शिवको महिमा चर्चा गरिएको छ । यो पर्व मनाउनुको पछाडी  उनको जन्म दिन,   भगवान् शिवको पार्वतीसग विवाह भएको मानिन्छ । त्यस्तै यो दिन भगवान् शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रूपमा धर्मग्रन्थहरूमा व्याख्या भएको पाइन्छ । यो दिन भगवान् शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने उल्लेख छ ।
अहिलेका नयाँ पिढीलाइ धर्म र संस्कार जोड्न चुनौतीपूर्ण छ । प्रबिधिको बिकास अनि चाड बाडमनाउने शैली हरुको परिबर्तनले देशमा आएको अन्धविश्वास र रुढीबाद प्रतिको चेतनालेगर्दा हुनुपर्छ ब्राम्हण पढाउने पुजाआजा गर्ने हिन्दु परम्परामा कम आएको पाइन्छ । हाम्रा बुवा आमाहरु जुन आस्था र समर्पणले पुजा आजा गर्नु हुन्थ्यो त्यो हामीमा कम छ । हिन्दु धर्मलाई जातजातिको बिभेद,  छुवाछुत्, बलि प्रथा अनि थुप्रै बिकृतिहरु मिसाइदिएर प्रदुषित गर्ने पण्डितहरु हिजो आज ठुलो बिरोध र निन्दा हुने गर्द छ । हुनत यो धर्म संसारको सबै भन्दा पुरानो धर्म र धेरै बैज्ञानिक आधार  भएका मान्यता हरु र कुनै अतिबाद नभएको स्वोतान्त्र धर्म भएकाले होला चौतर्फी आक्रमणको सिकार भएको छ । टिका देखि बलिदिएका घटनाहरुको निन्दा हुनु स्वभाबिक भएपनि कसैको धार्मिक आस्थामाथि कसैले औलो ठड्याउने र बिरोध गर्ने अधिकार छैन तर यस धर्ममा भएका रुढिबादी, अन्धबिश्वास र कुरीतिहरुलाई आवस्यक सुधार गरेर नयाँ पुस्ताहरुलाइ विश्वास गर्न लायकको परम्परा स्थापित गर्न सके मात्र यस धर्मको रक्षा हुने देखिन्छ ।
 हैन भने धर्मान्धहरुको घमण्ड र अतिबादी शैली , धर्मको राजनीति नै अन्त्यमा यस धर्मको स्खलनको कारण नबन्ला भन्न सकिन्न । 
बेलायत आएदेखि खुब मिस हुन्छ शिवरात्री , यहाँको व्यस्त जीवनमा मानिसहरु यो चाड धुमधाम मनाउने क्रम कम  पाएको छु ।  
शिव रात्रि भनेको गाँजा खाने दिन गाँजा , भांग धतुरोको देउता शिव भन्ने अनि यसलाई हुन्दु हरुसंग मिसने अनि बदनाम गर्ने र युवा पुस्तालाइ यही प्रसार गरिदिने संस्कार खतरनाक छ ।
 सामाजिक संजालमा गाँजा र भांगको चर्चा अनि सगौरव तस्बिर राख्नु अर्को नकारात्मक क्रियाकलाप हो । 
यसले नजानिँदो रुपमा हामी हाम्रो धर्म संस्कार र समाज कस्तो बनाउँदै छौँ भन्नेकुरा प्रस्ट पार्दछ ।  जुत्ता खोलेर मन्दिर पस्ने ढोका बाहिर फोहोर गर्ने प्रवृति , धर्मका नाममा राजनीति गर्ने प्रवृति ढोंगी , पाखण्डी पन बाहेक कदापी धर्म हुन सक्दैन । धर्म भनेको असल चरित्र धारण गर्नु हो सत्यता हो जे भनिन्छ त्यो गर्ने अत्यधिक कोसिस हो नयाँ पुस्तालाइ यसरि बुझाउने हों की ?
अब यसपाली गाजा नखाने र खानलाइ पनि  नउक्साउने  काम गरेर जिम्मेवार समाज , देश र  शिवभक्त  बनौ खाए पनि कम्तिमा भगवानको नाम बिटुलो नापरुम ।यसपालीको शिवरात्रिमा हामी सबै नेपालिको मति  सुध्रियोस सबैको कल्याण  होस्!  
शिवरात्रिको शुभकामाना ।
जय सम्भो !

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More