October 1, 2012

Foods to increase memory power-स्मरण शक्ति बढाउने पौष्टिक आहार

स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा कसलाई पो हुँदैन र ? तर पनि सबैको सम्झिने क्षमता एकैनासे हुँदैन ।

अझ उमेरसँगै स्मरणशक्ति घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन ।


पौष्टिक आहारको सेवन, नियमित व्यायाम, पर्याप्त निद्रा -कम्तिमा दिनको ८ घण्टा) लगायतका कुरा अपनाइयो भने दिमागी गतिविधि बढ्छ र स्मरण शक्ति समेत बढ्ने बताइन्छ । केही त्यस्ता पौष्टिक तत्व छन् जसले दिमागलाई तेज बनाउँछन् र सम्भिmने क्षमता पनि बढाइदिन्छन् । यी खाद्यपदार्थको सेवनले उमेरसँगै स्मरणशक्ति घट्दै जाने समस्या पनि कम हुन्छ ।

स्मरण शक्ति बढाउनका लागि खानामा एन्टी अक्सिडेन्ट तथा फ्लेभिन्वाइड तत्वको मात्रा बढाउनुपर्छ । यी तत्वमा रोगसँग लड्ने क्षमता पनि हुन्छ । यसको लागि भिटामिन ए, सी तथा इ युक्त खाना जस्तै अण्डा, गाजर, ब्रोकाउली, माछा तथा सागपात र फलफूलको सेवन पर्याप्त गर्नुपर्छ ।

यी खाद्यपदार्थको सेवन गर्दा मस्तिष्कमा हुने कोशिकाहरुको क्षतिको दर घट्छ । शरीरमा फ्लेवोन्वाइडको मात्रा बढाउनका लागि अंगूर, प्याज, स्याउ, ग्रीन टी, ब्लाक टी को सेवन गर्नुपर्छ । दिनमा कम्तीमा ३ कप ग्रिन टी तथा तीन चार प्रकारका फलफूल र दुइतिन वटा चकलेट खाने गर्दा सरीर स्वस्थ हुनुका साथै स्मरण शक्ति पनि बढ्छ ।

सरीरमा आइरनको कमी हुँदा पनि स्मरण शक्ति घट्छ । आइरनको आपूर्तिका लागि मासु, माछा, सिमी तथा अन्य गेडागुडी र लहरे तरकारीको सेवन गर्नुपर्छ । वनस्पतीय प्रोटिनका साथै जिव प्रोटिनको मात्रा पनि बढाउनुपर्छ जसबाट

सरीरलाई सजिलै आइरन प्राप्त हुन्छ । लेसिथिन नामक तत्वले कोष झिल्ली बनाउनुका साथै स्मरण शक्ति पनि वृद्धि गर्छ । यो तत्व पाइने खानेकुरामा अण्डा, भटमास, बन्दा लगायतका पर्छन् ।

मस्तिष्कका लागि ओमेगा थ्री फ्याट्टी एसिड पनि लाभदायी हुन्छ । यो तत्व माछा, तोरीको तेल, भटमास, ओखर तथा मकै लगायतमा पाइन्छ । त्यस्तै भिटामिन बी १ तथा बि १२ पाइने खानेकुरा खाँदा पनि स्नायु प्रणाली स्वस्थ हुने र स्मरण शक्ति बढ्ने विज्ञहरु बताउँछन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More