September 14, 2012

चाडबाड बिकृति हैन कल्याणकारी सुसंकार स्थापना गर्ने अवसर बनोस, चेलीहरुलाई तीजको शुभकामना

जतातै तीजको रहर आको छ महिला हरुको महान चाडमा पुरुष हरुको पनि सहभागिता बढ्न थालेको छ समाबेसी र भड्काउ बेसी,सामाजिक सद्भाव कम  देखिएको छ |
तीजको नाममा बिकृति विसंगतिले जरो गाड्दै गएको छ |
तीज आउनु भन्दा एक महिना अघि देखि हुने खाने महिला हरुलाई तीज लागेको छ तर हुदा खाने, गरिब अनि गाउघरमा खेतबारी गर्ने महिला हरुलाई एक छाक गतिलो गरि खान पनि हम्मे हम्मे छ |


बिडम्बना हाम्रो देशमा कसैलाई ज्यादा खाएर अपच भएर अस्पताल सम्म पुग्नु पर्छ कसैलाई खान नपाएर पटुका कस्नु पर्छ | महंगीले आकाश छोएको छ तर पनि तिज लाग्नेलाइ लागेकोछ भड्किलो बन्दैछ तीज कसैलाई नया गहना लुगा देखाउने अवसर , कसैलाई कसरि टार्ने भन्ने संकट |

महिला हरुको दुख पिडा भुलेर एकदिन माइतमा रमाइलो गर्ने चलन नहोस १ महिना सम्म काम काज छोडी नाच्ने खाने ,समाजमा भेद भाव सृजनागरी बिकृति भ्त्र्याउने चाड |

हुनेखाने हरुले भड्किलो तीज मनाउनु भन्दा हुदा खानेहरु ,कम्जोर र एकछाक खान गरोपर्ने चेली हरुसंग बसेर खाने , चाडबाड संगै समाजका भेदभाव हटाउने कल्याणकारी काम गर्ने अवसर बनेर आओस तीज ... सम्पूर्ण नेपाली चेलीहरुलाई तीजको शुभकामना

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More