September 4, 2012

मुल्यवृद्दि नियन्त्रणका लागि के काम भैरहेको छ त?-BBC Sajha sawaal

तपाईं हामी सबैलाई पेट भर्न चाहिने दाल चामल, तरकारी, चिनी जस्ता दैनिक उपभोग्य वस्तुको भाउ छुनै नसक्ने गरि आकासिएको छ। सरकारले खाद्यान्न उत्पादन सबैभन्दा बढी भएको र २३ वर्ष यता सबैभन्दा बढी उपभोग्य बस्तु सञ्चित भएको तथ्य सार्वजनिक गरेकै बर्ष बजारमा उपभोग्य बस्तुको भाउ यसरी आकासिएको हो । दैनिक भान्साको खर्च यसरी बढ्दा बजार अनुगमन र नियमन गर्ने सरकारी या उपभोक्ताहरुको संयन्त्र के गर्दैछ? सरकार भन्छ -- "बजारमा कृत्रिम अभाव सिर्जना गरी अत्यावश्यक बस्तुहरुमा अत्यधिक मूल्य बृद्धि भएको छ।" र प्रधानमन्त्री भन्छन्- "यो मुल्यवृद्दि नियन्त्रणका लागि तत्काला कारवाही अघि बढाउनु पर्छ ।" त्यसका लागि के काम भैरहेको छ त?

छलफ- वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ र खाद्यान्न लगायतका समग्री उत्पादन गर्ने गोल्छा अर्गनाईजेसनका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान प्रथम उपाध्यक्ष दिवाकर गोल्छा । ६० जना उपभोक्ताबीचमा पहिलो लहरमा हुनुहुन्छ बजार अनुगमन गर्ने निकाय वाणिज्य विभागका महानिर्देशक नारायण प्रसाद बिडारी ।

Courtesy: bbcsajhasawal.com

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More