July 26, 2012

जनता भोक ,प्यास र अभावले मर्नुपर्ने स्थिति छ , मुलुक अनिर्णयको दलदलमा फसेको छ , किन चाहियो पूर्वबिसिस्ट हरुलाई आजीवन सुबिधा?

पूर्वविशिष्ट पदाधिकारीलाई सुविधाको विरोधमा अनसन सुरु गरिएको खबर सुन्दा यो देश मा अब सहि कुरा गर्ने र जनता को हितमा बोल्ने नागरिक समाज पनि रहेछन भन्ने भान भयो सबै नेपाली जनताको साथ् र समर्थन रहने छ यस अभियान मा |


सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सेवासुविधा दिन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल नागरिक समाजले आजदेखि रिले अनशन सुरु गरेको छ । 
पूर्वप्रशासक तथा समाजका अध्यक्ष खेमराज रेग्मीको नेतृत्वमा सुरु गरिएको रिले अनशनमा समाजका अध्यक्ष गौरी चौधरी तथा सदस्यहरू मोहन शर्मा कट्टेल, धन खतिवडा, शर्मिला पण्डित क्षेत्री, इन्द्रकुमार श्रेष्ठ र समाजका काठमाडौं जिल्ला अध्यक्ष दीपक थापा सहभागी छन् ।

मुलुक संविधान पाउन नसकेर अनिर्णयको बन्दी भइरहेको अवस्थामा आमनागरिकलाई बेवास्ता गर्दै राज्यको ढुकुटी सिध्याउने खेलमा सरकार लाग्नु आश्चर्यको विषय भएको बताउदै नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरी, नेपाल प्राध्यापक सङ्घका महासचिव रामेश्वर उपाध्याय र वरिष्ठ पत्रकार युवराज घिमिरेले यस अभियानमा एक्यबद्दता जनाए | 

बिशिस्ट पदाधिकारीलाइ किन चाहियो सुबिधा ?  दुर दराजका गाउमा मानिस भोकभोकै मरेका छन् , तुइनमा ज्यान धराप राखेर नदि तरेका छन् , मल बिउको अभाव , बाटो ,पानि ,बिजुली ... अभाव नै अभावले ग्रस्त मुलुकका बिसिस्ट हरुले चै सुबिधा लिनु पर्ने ? 

के तपाइँ महासय हरुको हैसियत मुलुकको हण्डी खाने हो ? तपाइँहरु निजि सम्पति  बिहिन हुनुहुन्छ ? तपाईहरु राष्ट्रलाइ सेवा गर्न राजनीति गर्नु भएको कि राष्ट्रको सेवा लिन ? एकपटक ठण्डा दिमागले सोचिदिनुस आदरणीय पूर्व बिसिस्ट महोदय हरु 

शेरबहादुर , सुर्यबहादुर , प्रचण्ड , माकुने , झलनाथ , अनि विभिन्न गृह मन्त्रिहरु सबैजना तिम्रा निजि सम्पति राष्ट्रलाइ देउ अनि लेउ  आजीवन सुबिधा, जसरि कृष्ण प्रशाद भट्टराईले लिनु भयो ... हैन भने   आजीवन सुबिधा लिन त पाइदैन दिनेलाइ पनि कारबाही हुनु पर्छ |  

मुलुकको बर्तमान समस्य्सा बिशिस्ट हरुलाई सुबिधा दिने हैन अरुनै हो, आखा फुटेका प्रसासक , र सरकार चलाउनेहरु खबरदार!  संबिधान , शान्ति , जनताका आवस्यकताको परिपूर्ति , अर्थतन्त्रको सम्ब्रिद्दीको लागि जिम्मेवारीपन, मिताब्यिता अपनाएर भएको खर्च पनि जोगाउनु पर्ने हैन र ?


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More