July 25, 2012

आसामको कहालीलाग्दो जातीय दंगाबाट नेपालमा जातीय प्रदेशको झिंगे दाउ थापेर रास्ट्रपति देखि मुख्य मन्त्रि सम्म हुन कस्सिएका हरुको आखा खुलोस

आसम मा भएको जातीय दंगामा भागदौड
 भारतको आसाममा भड्किएको जातीय दंगामापरि अहिले सम्म ३२ जनाको मृत्यु भैसकेको अफिसियल रेकर्ड  छ भने तेस भन्दा बाहिर धेरैजनाको मृत्यु भएको अनुमान छ | १ लाख भन्दा बढी मानिसहरु घरबार छोडेर बिस्थापित भएका छन् तिनीहरुलाई १२५ अस्थाई बसोबास सिबिर बनाएर राखिएको छ | 
त्यहा भएका बोडो मेचे जात र अल्पसंख्यक संख्या मा रहेका मुस्लिम हरुबीच भएको झडपले उग्र रुप लिएपछि पुरै आसम कोलाहालमय भनेको छ |
 मुख्य कारण खुल्न नसकेको भएपनि स्थानीय २ मुस्लिम नेताको  हत्या भएपछि प्रतिरोध र प्रतिकारको रुपबाट सुरु भएको यो कहालीलाग्दो घटनामा त्यहा रहेका नेपाली मुलका दाजुभाई , दिदीबहिनीहरु पनि प्रभावित भएको समाचार छ | See video : 

हाम्रो नेपालमा पनि रोप्न खोजिएको जातीयता  अझ भनौ एकल जातीय पहिचानको प्रदेसिक बिभाजन अनि कलह | जवकी  नेपालमा कुनै पनि यस्ता स्थान छैनन् जहाँ एउटा  जातिको मात्र बहुमत होस् , अधिकांस जिल्ला मात्र हैन गाबिसहरु पनि बहुजातीय प्रकृतिका छन् , अनि यहाँ कुरा हुन्छ लोकतन्त्रको, लोकतन्त्रमा अल्पसंख्यकले बहुसंख्यकलाइ ससान गर्ने ? कि लोकतन्त्रमा सबैको अधिकार सुनिस्चित गर्ने, हुने ?
 लोकतन्त्रमा त सबै जातिको अधिकार  र समानता को ग्यारन्टी गर्ने व्यवस्था सुनिस्चित गरिन्छ | लोकतन्त्र भित्र न्याय ,  समता र समानताका कुरा समान रुपले प्रदान गर्ने प्रत्याभूत गरिएको हुन्छ न कि एउटा जातलाइ राजा बनाएर अरुजातलाइ रैती | भलाई ति जातको नाममा प्रदेश त बन्ला तर तिनले सासन गर्न पाउलान जब कि तिनीहरु नै अल्पस्नाख्यक संख्यामा रहेका छन् ? अहिले मुख्य मन्त्रि हुन्छु भनेर चाहिने नचाहिने नारा घन्काउने हरुको सपना अवस्य तुहिन्छ नै | 
जसरि बिबेक सुन्य हिसाब ले अन्ध जाति बातको  हौवा पिटाइएको छ त्यो नेपाली जनता ले ढिलाई भएपनि मनन गर्न थालिसकेका छन् | एकल जातीय प्रदेश का नारा घन्काउने हरु एकचोटी जनमत संग्रह गरेर जनता संग सोध्ने सहास  भए खुल्ला रुप मा आओ अनि हेर परिणाम | यदि अहिले को अवस्था मा जस्तो बकम्फुसे जातियता को संघिय राज्य बनाउने हावा चलाइएको छ |  
अन्ध जातिबादको  जीवन्त नमुना २१औ  सताब्दी मा आधुनिकता को चरम चुली चढी सके को बिश्वो सामु अब जातियता र सम्प्रदाइक कुरो गरेर समय बर्बाद गर्नु भनेको फेरी ढुंगे युग तिर फर्किन बल्गर्नु जस्तो हो |
आसममा भएको यस्तो घटना बाट हाम्रा देशका जातीयता का ओकालत गर्ने, जातीय प्रदेशको झिंगेदाउ  थापेर रास्ट्रपति देखि  मुख्य मन्त्रि सम्म हुन कस्सिएका हरुको आखा खुलोस  
यी देश र जनताको मर्म र भावना नाबुज्ने क्रुर नेतालाइ त कुर्सिमा जानु छ जे पायो तेइ   नारा लगाइदिए तर तेस्लाई  सुनेर  पछि  लाग्ने  तपाइँ हामिले  चै बढी सजक हुने परिस्तिती छ | यिनलाई संबिधान सभा फेरी निर्वाचन गरेर देश लाइ बर्बाद  परेर  आफ्नो  सत्ता र सासन सधै    टिकाउने  रहर  छ त्यो दिवा  सपना  पुरा  हुन नदिन       चौतर्फी  बिरोध र बहिस्कार  र खबरदारी निरन्तर  जरुरि  छ |

2 प्रतिक्रिया हरु:

जातियता जनता फुटाउने लडाउने र रास्ट्रपति हुने प्रचण्डको चाल हो

सहि कुरो हो लोकतन्त्र मा जातीयता हैन समता र सद्भाव मय बाताबरण बनाउन बिगतमा जसरि केहि जाति लाइ काखा पाखा गरिएको थियो त्यसलाई सच्याएर लोकतान्त्रिक नेपाल को भबिस्य निर्माण गर्नु अहिले को आवस्यकता

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More