July 2, 2012

बच्चालाइ आमाको दुध नै किन ?


विश्वमा स्तनपानसँग सम्बन्धित सबै अध्ययनहरूले नवजात शिशुका लागि आमाको दूधको दाँजोमा अन्य कुनै दूध विकल्प नरहेको जनाउँछन् । कुनै पनि कृत्रिम वा जनावरको दूधले आमाको दूधको स्थान लिन

सक्दैन । कृत्रिम दूधमा आमाको दूध जस्तो सामग्री जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फैट, भिटामिन आदि हालिन्छ तर यसको मात्रा निश्चित रहन्छ । तर आमाको दूधमा भने यसको मात्रा शिशुको आवश्यकताअनुसार बदली रहन्छ । आमाको दूध शिशुको उमेरअनुसारको रहन्छ । आमाको दूधमा जैविक गुणसमेत हुन्छ ।
बच्चाले आमाको दूध चुस्दा शरीरलाई सामान्य बनाउने हार्मोन बढी उत्पन्न हुने उल्लेख गर्दै डा. उप्रेतीले भने, 'नियमित र उपयुक्त रूपमा स्तनपान गराउने आमाहरूको जिउडाल पूर्वअवस्थामा छिट्टै र्फकन्छ ।' उनका अनुसार हालसम्मको कुनै पनि अध्ययनले स्तनपानले शरीरको आकार बिगि्रने लगायतका तथ्य देखाएको छ बरु यसले शिशु जन्मपछि महिलालाई आफ्नो पूर्वअवस्थामा छिटो फर्काउन सघाउँछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार जन्मदेखि ६ महिनासम्म मात्र आमाको दूध खुवाउनाले झाडापखाला, निमोनिया लगायतका सामान्य बाल रोगबाट हुने मृत्यु दरमा समेत कमी ल्याउन सकिन्छ । यति मात्र नभई ६ महिनासम्म स्तनपान गराउने आमाहरूलाई स्तन र पाठेघरको क्यान्सर हुने जोखिमसमेत कम हुन्छ ।
आमाको दुध नै बच्चालाइ स्तनपान गराउदा को फाइदा 
१. बजारे महँगो दुध किन्ने खर्च बच्ने 
२. आमाको  स्तन मा बच्चा संगै निस्किने दुध को प्राकृतिक निकास भएर स्तन र पाठेघर को क्यान्सर बाट बच्न मद्दत पुग्ने 
३. बच्चाको स्वास्थ्य तन्दुरुस्त रहने  र रोग लाग्ने सभावना कम हुने 
४. ६ महिना सम्म आफ्नो सिसु लाइ दुध पिलाउदा आमा हुनुको धर्म पुरा हुने  
Breast feeding Tips video

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More